कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

परीक्षण छिटो बनाउन अटोमेटेड मेसिन खरिद गर्दैछौं : स्वास्थ्य मन्त्रालय

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणको दायरा बढाउन तथा छिटो परीणामका लागि 'अटोमेटेड मेसिन' ल्याउने तयारी गरिरहेको जनाएको छ । 

परीक्षण छिटो बनाउन अटोमेटेड मेसिन खरिद गर्दैछौं : स्वास्थ्य मन्त्रालय

मन्त्रालयले शनिबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले मेसिन खरिद प्रक्रिया अगाडि बढिसकेको जानकारी दिएका हुन् । उनका अनुसार प्रत्येक प्रदेशमा कम्तीमा एउटा मेसिन जडान गरिनेछ ।

उनले यो मेसिनले नमुना परीक्षणमा ढिलाइमा सुधार हुने बताए । मुलुकभर २१ स्थानमा सरकारले पीसीआर परीक्षण गरिरहेको छ ।


प्रकाशित : जेष्ठ २४, २०७७ १७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?