गोरखापत्र संस्थानका तत्कालीन दुई महाप्रबन्धकसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

कान्तिपुर संवाददाता

काठमाडौँ — गोरखापत्र संस्थानले गर्ने कागज खरिदमा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालिन महाप्रबन्धकद्वय सुशील कोइराला र बसन्तप्रकाश उपाध्यायसहित चारजना विरुद्ध भ्रष्टाचारमुद्दा दायर गरेको छ ।

भ्रष्टाचारको आरोपमा पर्नेमा गोरखापत्र संस्थानका अर्थ निर्देशक रामसुन्दर चौधरी र कागज आपूर्ति गर्ने प्रिन्टसेल इमेजिङका सञ्चालक दिपक भन्साली छन् ।

भन्सारको दायित्व कम्पनीकै हुने भन्ने सम्झौता भए पनि गोरखापत्र संस्थानले भन्सार छुटका लागि गलत सिफारिस गरेको अनि आपूर्तिकर्तालाई पेस्कीसमेत दिएर भन्सार छुटाएको भन्दै अख्तियारले त्यसबाट २६ लाख १६ हजार रुपैयाँ गोरखापत्रलाई नोक्सानी भएको दाबी गरेको छ । अख्तियारले कोइराला र उपाध्यायका साथै अरु दुईजनामाथि पनि त्यति नै विगो मागदाबी गरेको छ ।

प्रकाशित : जेष्ठ २३, २०७७ १९:५०
प्रतिक्रिया
पठाउनुहोस्

इन्जिनियरविरुद्ध घूस खाएको आरोपमा मुद्दा

कान्तिपुर संवाददाता

काठमाडौँ — मोरङको जलस्रोत तथा सिँचाई डिभिजन कार्यालयका प्रमुख इन्जिनियर आनन्दकुमार झाविरुद्ध घूस खाएको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । प्रमाण नष्ट गर्न १० हजार घूस शौचालयमा फालेको आरोपमा उनी पक्राउ परेका थिए । उनले तटबन्धन बनाउन १ नम्बर प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका कर्मचारीलाई घूस लिन खोजेका थिए ।

कर्मचारीले नमागेको अवस्थामा नै जबर्जस्ती घर्रामा खाम राख्न खोजेपछि मन्त्रालयका कर्मचारीहरुले माथिल्लो तहका पदाधिकारीलाई खबर गरेका थिए । घटना जानकारी हुनासाथ झाले प्रमाण नष्ट गर्न उक्त रकम मन्त्रालयको शौचालयमा फाली फ्लस गर्न खाजेका थिए । उनीविरुद्ध शुक्रबार मुद्दा दायर भएको छ ।


प्रकाशित : जेष्ठ २३, २०७७ १९:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×