१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

पाँच मर्यादापालकमा कोरोना संक्रमण देखिएपछि प्रदेशसभा बैठक स्थगित 

अजित तिवारी

जनकपुर — प्रदेशसभा सचिवालयमा कार्यरत ५ जनामा कोरोना भाइरसको पुष्टि भएपछि बिहीबार आव्हान गरिएको संसद् बैठक स्थगित गरिएको छ । प्रदेशसभाको चौथो अधिवेशन बुधबारदेखि सुरु भएको थियो  ।

पाँच मर्यादापालकमा कोरोना संक्रमण देखिएपछि प्रदेशसभा बैठक स्थगित 

प्रदेश २ को समाजिक विकास मन्त्रालयका अनुसार प्रदेशसभा सचिवालयमा संकलन गरिएको स्वाबमा ५ जनामा पोजिटिभ आएको छ । कोरोना पोजिटिभ देखिएका ५ जना नै पुरुष हुन् । उनीहरु प्रदेशसभामा कार्यरत मर्यादा पालक रहेको प्रदेशसभा सचिवालयका निमित्त सचिव रन्जित यादवले जानकारी दिए । ‘मर्यादापालकमा कोरोना पोजिटिभ देखिएपछि बिहीबार ३ बजे बस्ने भनिएको संसद्को बैठक स्थगित गरिएको छ,’ यादवले कान्तिपुरसँग भने,‘अर्को बैठक शुक्रबार १ बजेका लागि निर्धारण गरिएको छ ।’ उनले प्रदेशसभामा कोरोना भाइरस पुष्टि भएका ५ जनालाई आइसोलेसनमा उपचारका लागि लगिएको र प्रदेशसभालाई स्यानिटाइज गर्ने काम भइरहेको बताए ।

प्रदेशसभाको बुधबारको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले आगामी वर्षको बजेटको प्रारुप प्रस्तुत गरेका थिए । त्यसैमा छलफलका लागि बिहीबार ३ बजे बैठक बोलाइएको थियो । राष्ट्रिय प्रयोगशाला टेकुको रिपोर्टमा ५ जना मर्यादापालकमा कोरोना भाइरस पुष्टि भएपछि संसद्को बैठक स्थगित गरिएको हो ।

प्रकाशित : जेष्ठ २२, २०७७ १६:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?