मिर्गौलापीडित सीतालाई जुट्यो २ लाख सहयोग

काठमाडौँ — ठेलागाडामा राखेर मिर्गौलापीडित श्रीमतीलाई डायलसिस गराउन अस्पताल लैजाँदै गरेको फोटो सार्वजनिक भएपछि डम्बरबहादुर सिम्खडालाई सहयोग जुट्न थालेको छ । कान्तिपुर र दी काठमाडौं पोस्टमा उनको फोटो प्रकाशन भएपछि ‘एनिकर्मा’ ट्वीटर ह्यान्डलबाट उनलाई सहयोग जुटाउन थालिएको थियो ।

हालसम्म १ सय ५० जनाबाट एक लाख ५० हजार रुपैयाँ सहयोग उठाएर उनको बैंक खातामा जम्मा गरिसकिएको छ । त्यस्तै, अन्य व्यक्तिले ५० हजार रुपैयाँ सहयोग गरेका सिम्खडाले बताए ।
काठमाडौं जमलका एक व्यक्तिले कोठाबाट वीर अस्पतालसम्म डायलसिस गर्न आउजाउ गर्न गाडी उपलब्ध गराउने भएका छन् । ‘कान्तिपुरमा फोटो छापिएपछि हामीलाई सहयोग आइरहेको छ,’ सिम्खडाले भने, ‘सहयोग गर्नु हुने सबैलाई धन्यवाद ।’