कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मिर्गौलापीडित सीतालाई जुट्यो २ लाख सहयोग

काठमाडौँ — ठेलागाडामा राखेर मिर्गौलापीडित श्रीमतीलाई डायलसिस गराउन अस्पताल लैजाँदै गरेको फोटो सार्वजनिक भएपछि डम्बरबहादुर सिम्खडालाई सहयोग जुट्न थालेको छ । कान्तिपुर र दी काठमाडौं पोस्टमा उनको फोटो प्रकाशन भएपछि ‘एनिकर्मा’ ट्वीटर ह्यान्डलबाट उनलाई सहयोग जुटाउन थालिएको थियो ।

मिर्गौलापीडित सीतालाई जुट्यो २ लाख सहयोग

हालसम्म १ सय ५० जनाबाट एक लाख ५० हजार रुपैयाँ सहयोग उठाएर उनको बैंक खातामा जम्मा गरिसकिएको छ । त्यस्तै, अन्य व्यक्तिले ५० हजार रुपैयाँ सहयोग गरेका सिम्खडाले बताए ।

काठमाडौं जमलका एक व्यक्तिले कोठाबाट वीर अस्पतालसम्म डायलसिस गर्न आउजाउ गर्न गाडी उपलब्ध गराउने भएका छन् । ‘कान्तिपुरमा फोटो छापिएपछि हामीलाई सहयोग आइरहेको छ,’ सिम्खडाले भने, ‘सहयोग गर्नु हुने सबैलाई धन्यवाद ।’

प्रकाशित : जेष्ठ २२, २०७७ ०९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?