२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

अनसन तोड्दै डा. केसीले भने- 'सीमाका नागरिकको पीडा राज्यले बुझेन'

मनोज बडू

दार्चुला — चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले बुधबार अनसन तोडेका छन् । मंगलबारदेखि दार्चुला गल्फैस्थित जगन्नाथ स्वामीको मन्दिरमा उनी अनसन बसेका थिए ।

अनसन तोड्दै डा. केसीले भने- 'सीमाका नागरिकको पीडा राज्यले बुझेन'

भारतद्वारा मिचिएको भूमि फिर्ता र सीमान्तकृत नागरिकका आधारभूत आवश्यकता पूर्तिका लागि सरकारको ध्यानाकर्षण गराउन अनसनमा बसेका उनलाई स्थानीय युवाले फलफूल र दूध पिलाएर अनसन तोडाए ।

स्थानीय युवा पदम ठगुन्नाले सामूहिक र राष्ट्रियता बचाउनका लागि चालेको अभियानमा आफूहरुको पनि साथ रहेको बताए ।

केसी जेठ १ गते दार्चुला आएका थिए । राष्ट्रियता सिंहदरबारबाट बुझ्ने नसकिने भन्दै उनले भारतद्वारा अतिक्रमित नेपाली भूमि फिता गर्न सरकारले तत्काल प्रक्रिया अगाडि बढाउनुपर्ने माग गरेका थिए । 'भारतले पश्चिम सीमामा भूमि मिचेर सडक बनाएको छ ।

हाम्रो सरकार रमिते भएर बसेको छ,' उनले भने, 'मिचिएको भूमि फिर्ता गर्न र सार्वभौमसत्ताको रक्षाका लागि तत्काल प्रक्रियामा जानुपर्छ । यसका लागि नागरिकहरुले दबाब दिनुपर्छ ।' राज्यले कहिल्यै पनि सीमा क्षेत्रका नागरिकका पीडा नबुझेको भन्दै उनले सीमाका नागरिकलाई अधिकार र सुविधाबाट वञ्चित गराइएको आरोप लगाए ।

उनले चिकित्सा शिक्षा सुधारका लागि विगतमा सरकारले गरेको केही सम्झौता कार्यान्वयन नभएकाले वरिष्ठताको आधारमा डिन नियुक्त गर्न र परासर कोइराला प्रतिवेदन कार्यान्वयन प्रक्रिया अगाडि बढाउन पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रकाशित : जेष्ठ २१, २०७७ १९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?