बाँके दुर्घटना : १२ शव परिवारलाई बुझाइयो, ६ डिस्चार्ज

ठाकुरसिंह थारु

नेपालगन्ज — बाँकेको राप्ती सोनारी गाउँपालिका २ ठुरीया जंगलमा आइतबार मध्यरातमा भएको गाडी दुर्घटनामा ज्यान गुमाएका १२ जनाको शव परिवारको जिम्मा लगाइएको छ । बुधबार ४ र मंगलबार ८ जनाको सनाखत गरी शव बुझाइएको हो । शव भेरी अस्पताल नेपालगन्जको शवगृहमा पोस्टमार्टम गरिएको छ । 

बाँके दुर्घटना : १२ शव परिवारलाई बुझाइयो, ६ डिस्चार्ज

दुर्घटनामा चालक दानबहादुर खड्का, सहचालक पवन भण्डारी, दाङका भिमप्रकाश कामी, नरबहादुर विक, रामकुमार पुन, पूर्णबहादुर पुन, सीता पुन र हिमाँशु पुनको मृत्यु भएको थियो । त्यस्तै सल्यान सिद्दकुमाकका निमबहादुर वली, रोल्पा परिवर्तन १ का बुद्धिराम विक, रोल्पाका देबवीर कामी, सुर्खेतका रितेश कार्की रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका मुद्दा फाँटका प्रमुख प्रहरी निरीक्षक हृदेश सापकोटाका अनुसार घाइतेमध्ये ६ जना डिस्चार्ज भएर घर फर्किएका छन् । भारतबाट घर फर्किएका उनीहरु चढेको बा ५ ख ५९९५ नम्बरका हायस आइतबार राति मध्यरातमा राप्ती सोनारी गाउँपालिका २ ठुरीया जंगलमा बिग्रिएर रोकिएको बा ४ ख ९०६४ नम्बरको ट्रकमा पछाडिबाट जुधेर दुर्घटना भई क्षतबिक्षत भएको थियो । दुर्घटनामा १२ को मृत्यु र २१ जना घाइते भएका थिए ।

चालकले मदिरा सेवन गरी तीव्र गतिमा गाडी चलाउँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : जेष्ठ २१, २०७७ १९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?