कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

क्‍वारेन्टाइनमा बसेकालाई सर्पले टोक्यो

कमल पन्थी

बर्दिया — बारबर्दिया नगरपालिकास्थित सदा शिव बहुमुखी क्याम्पस जयनगर क्‍वारेन्टाइनमा बसेका एक जनालाई व्यक्तिलाई सर्पले टोकेको छ ।

सर्पको टोकाईबाट घाइते भएका ती पुरुषको जिल्ला अस्पताल गुलरियामा उपचार भइरहेको छ ।

उनको दाहिने खुट्टा औंलामा सर्पले टोकेको अस्पतालका डाक्टर सुभाष पाण्डेयले बताए । मंगलबार राति शौच गर्न क्याम्पस हातामा रहेको शौचालयमा जाँदा चौरमा सर्पले टोकेको बारबर्दियाका मेयर दुर्गाबहादुर थारुले बताए । उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

गर्मीयाम सुरु भएयता बर्दियामा सर्पको बिगबिगी बढेको छ ।

प्रकाशित : जेष्ठ २१, २०७७ १६:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?