पटनामा १४ वर्षीया नेपाली बालिका बलात्कृत

सुरेशराज न्यौपाने

नयाँदिल्ली — भारतको बिहार राज्यको राजधानी पटनामा एक १४ वर्षीय नेपाली बालिका बलात्कृत भएकी छिन् । पीडित बालिका ६ महिनाअघि मात्र पटना आएकी थिइन् ।

पटनामा १४ वर्षीया नेपाली बालिका बलात्कृत

उनी दिदी र भिनाजुसँगै पटनाको राजीव नगरको शान्तिपुरम कोलोनीमा बस्दै आएकी थिइन् । उनी छिमेकीको घरमा सरसफाइको काम गर्थिन् ।

सँधैजसो सोमबार साँझ करिब पाँच बजे उनी नजिककैको एउटा अपार्टमेन्टमा काम गरेर कोठा फर्कदैंथिइन् । त्यति नै बेला कोठामा पुग्नुभन्दा केही वरको एउटा सुनसान गल्लीमा ढुकेर बसेका आरोपितमध्येका एक रोशन कुमारले जबर्जस्ती मोटरसाइकलमा राखेर नजिकैको बन्दै गरेको घरमा लगेको र अन्य पाँच जनासँग मिलेर बलात्कार गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ ।

पीडित बालिकाले प्रहरीलाई दिएको बयानका अनुसार रोशनलगायतका आरोपित केटाहरुले उनलाई केही दिन पहिलेदेखिनै पछ्याइरहेका थिए । ‘ती केटाहरुले बालिकालाई केही दिन पहिलेदेखि नै पछ्याइरहेको देखिन्छ सोमबार त्यस्तै मौका पारेर जबर्जस्ती लगेको लगेर सबैले मिलेर बलात्कार गरे,’ पटनाको गर्दानीबाग महिला प्रहरी थानाकी प्रमुख आरतीकुमारी जैसवालले कान्तिपुरसँग बताइन् ।

घटनालगत्तै पीडित बालिकाले रोइकराई गरेको सुनेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि पीडित बालिकाको बयानकै आधारमा तत्कालै रोशनसहित मन्टु कुमार, विकास कुमार, अंशुलाई पक्राउ गरेको थियो । प्रहरीका अनुसार बलात्कारमा संलग्न अन्य दुई जना भने फरार छन् । आरोपितहरु १८ देखि २० वर्षका रहेको र सबैजना राजीवनगर क्षेत्रकै सुकुम्बासी बस्तीमा बस्दै आएको जैसवालले जानकारी दिइन् ।

प्रकाशित : जेष्ठ २१, २०७७ १३:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?