कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भरतपुर क्यान्सर अस्पतालमा बिरामी र कुरुवाको कन्तबिजोग [तस्बिरहरु]

रमेशकुमार पौडेल

चितवन — भरतपुरमा रहेको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल क्यान्सर रोगको उपचार हुने देशकै मुख्य अस्पताल हो । देशभरका बिरामी उपचारका लागि आउने यो अस्पतालमा अहिले फरक खालको अस्तव्यस्त रुप देखिन्छ । कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा देशभर लकडाउन भयो । यसको असर क्यान्सर रोगीको उपचारमा परेको छ । जनतन अस्पताल आएका बिरामी र कुरुवाको बिजोग भएको छ ।

भरतपुर क्यान्सर अस्पतालमा बिरामी र कुरुवाको कन्तबिजोग [तस्बिरहरु]
भरतपुर क्यान्सर अस्पतालमा बिरामी र कुरुवाको कन्तबिजोग [तस्बिरहरु]

अस्पताल आइपुगेका बिरामीहरु उपचारका विषयमा खासै गुनासो गर्दैनन् । तर खान र बस्न भने उनीहरुलाई सकस परेको छ । लकडाउनका कारण नारायणगढ–भरतपुर क्षेत्रका सबै होटल लज बन्द छन् । त्यसैले आएका बिरामी र उनीहरुका कुरुवा अस्पताल हाताभित्र खाना बनाएर खान्छन् । चौरमै सुत्छन् । पानी आए अस्पतालको भवनभित्र कोचाकोच गर्न जाने बाध्यता उनीहरुलाई छ ।

भरतपुर क्यान्सर अस्पतालमा बिरामी र कुरुवाको कन्तबिजोग [तस्बिरहरु]

महोतरी जलेश्वर–७ का ६८ वर्षीय रामआशिष यादवलाई उनका छोराहरुले जनकपुर लगायतका अस्पतालमा पुर्‍याए । पेटमा समस्या देखिएका उनलाई के भएको हो त्यहाँका अस्पतालले पत्ता लगाउन सकेनन् । रोग जटिल हुँदै गयो । भरतपुर लैजान सबैले सल्लाह दिएपछि विनोद यादवले रामआशिषलाई आइतबार यहाँ ल्याए । साथमा एकजना अर्का भाइ पनि छन् । रामआशिषको परीक्षण जारी छ । मंगलबार साँझ ६ बज्दै गर्दा विनोद खाना बनाउन व्यस्त थिए । क्यान्सर अस्पतालको प्रशासन भवनको पछाडि र नयाँ भवनको अगाडि खाली जमिन छ । उनले त्यही खुला चौरमा सानो खाले ग्याँस स्टोभ बालेर खाना पकाउँदै थिए । रामआशिष चुलोभन्दा १० हात पर बसेर टाउकोमा हात राखी त्यहाँको माहोल नियालीरहेका थिए । उनको अनुहारमा पिडा र दिक्दारी झल्कन्थ्यो ।

भरतपुर क्यान्सर अस्पतालमा बिरामी र कुरुवाको कन्तबिजोग [तस्बिरहरु]

त्यो चौरमा रामआशिषका लागि मात्रै नभएर अन्य सयौंका लागि खाना पाक्दै थियो । साना खाले दर्जनौं ग्याँस स्टोभको भर्ररर आवाज र मान्छेको होहल्ला चर्कै थियो । पहिला उपचारका लागि आएका मान्छेहरु भर्ना नहुँदासम्म होटलमा बस्थे । अहिले होटल सबै बन्द छन् । त्यसैले चौरमै खाना पकाउने र चौरमै सुत्ने बाध्यतामा उनीहरु पुगेका छन् । क्यान्सर अस्पताल अगाडि १४० होटल छन् ।

भरतपुर क्यान्सर अस्पतालमा बिरामी र कुरुवाको कन्तबिजोग [तस्बिरहरु]

त्यहीँको होटल दिप एन्ड सन्सका सञ्चालक तथा होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ चितवनका अध्यक्ष दिपक ढकालका अनुसार क्यान्सर क्षेत्रका सबै होटल चैत्र १५ गतेदेखि ठप्प छन् । यहाँका होटलमा १५ सयजना अटाउँछन् । प्रायजसो ८० प्रतिशत कोठा सधै भरीभराउ हुन्छन् । तर पछिल्लो समय लकडाउन र कोरोना रोगको त्रासले होटल खुल्न सकेका छैनन् । त्यही भएर अस्पताल आउनेहरुको बिजोग भएको उनले बताए ।

भरतपुर क्यान्सर अस्पतालमा बिरामी र कुरुवाको कन्तबिजोग [तस्बिरहरु]

अस्पतालका उपकार्यकारी निर्देशक डा.कृष्णसागर शर्मा अझै पनि १६० जना अस्पतालमा उपचारका लागि भर्ना भएको बताउँछन् । उपचार सकिएर घर जानु पर्नेहरु जान पाएका छैनन् । २०/२१ दिनपछि फेरि अस्पतालमै आउनु पर्दछ । फेरि आउँदा जाँदा खर्च धेरै लाग्छ । त्यसैले मान्छेहरु फर्कन खोजेका छैनन् । कष्ट सहेरै चौरमा दिनरात गुजारेका छन् ।

भरतपुर क्यान्सर अस्पतालमा बिरामी र कुरुवाको कन्तबिजोग [तस्बिरहरु]

यो समस्याको व्यवस्थापनका लागि छलफलहरु चलेको उपकार्यकारी निर्देशक डा.कृष्णसागर शर्माले जानकारी दिए । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका चितवन अध्यक्ष दिपक ढकाल पनि जिल्ला प्रशासनमा छलफल गरेर सुरक्षित तरिकाले होटल चलाउने जमर्को भइरहेको बताउँछन् । क्यान्सरका बिरामी कोरोनाको जोखिममा पनि हुन्छन् । अहिले अस्तव्यस्त रुपमा भीडभाडमै उनीहरु बसेका कारण जोखिम पनि बढेको छ ।

भरतपुर क्यान्सर अस्पतालमा बिरामी र कुरुवाको कन्तबिजोग [तस्बिरहरु]

भरतपुर क्यान्सर अस्पतालमा बिरामी र कुरुवाको कन्तबिजोग [तस्बिरहरु]

भरतपुर क्यान्सर अस्पतालमा बिरामी र कुरुवाको कन्तबिजोग [तस्बिरहरु]

भरतपुर क्यान्सर अस्पतालमा बिरामी र कुरुवाको कन्तबिजोग [तस्बिरहरु]

भरतपुर क्यान्सर अस्पतालमा बिरामी र कुरुवाको कन्तबिजोग [तस्बिरहरु]


प्रकाशित : जेष्ठ २१, २०७७ १२:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?