१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

दशगजामा हजार बढी भारतीय अलपत्र [तस्बिरहरु] 

पर्वत पोर्तेल

काँकडभिट्टा — भारतको पश्चिम बंगाल सरकारले आफ्ना नागरिकलाई प्रवेशमा अवरोध गर्दा करिब एक हजार भारतीय नेपाल–भारतको दशगजा क्षेत्रमा अलपत्र परेका छन् । उनीहरु निर्माणाधिन मितेरी पुल र मेची बगर क्षेत्रमा अलपत्र छन् । 

दशगजामा हजार बढी भारतीय अलपत्र [तस्बिरहरु] 
दशगजामा हजार बढी भारतीय अलपत्र [तस्बिरहरु] 

अलपत्र परेकाहरु अधिकांश नेपालका विभिन्न उद्योगमा कार्यरत श्रमिकहरु छन् । उनीहरु केही दिनदेखि काँकडभिट्टा बसपार्क क्षेत्रमा अलपत्र थिए । मेची नगरपालिका र स्थानीय प्रहरीको सहयोगमा उनीहरुलाई बुधबार बिहान दशगजामा लगेर छाडिएको हो । 

दशगजामा हजार बढी भारतीय अलपत्र [तस्बिरहरु] 

‘उनीहरुलाई राख्ने हामीसँग न क्वारेन्टाइन छ न त भात ख्वाउने क्षमता नै’, मेची नगरका मेयर विमल आचार्यले भने,  ‘भारतले आफ्ना नागरिक बुझेर लगोस् भनेर दशगजामा छाडेका हौं ।’ 

दशगजामा हजार बढी भारतीय अलपत्र [तस्बिरहरु] 

दुई दिनअघि असम, सिक्किम, मणिपुर लगायत भारतको पूर्वोत्तर राज्य प्रतिनिधिले नेपालमा अलपत्र नागरिक बुझेर लगेका थिए । तर, पश्चिम बंगालले भने नेपालबाट आउने नागरिकलाई राख्ने क्वारेन्टाइनको पर्याप्त तयारी नभएको कारण देखाएर रोकावट गरेको हो । 

दशगजामा हजार बढी भारतीय अलपत्र [तस्बिरहरु] 

इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी राजेन्द्र पोख्रेलले नाकामा भारतीयको भीड बढेको बढै हुँदा समस्या भएको जनाए । उनका अनुसार अझै २० हजार भारतीय पूर्वी नाकाबाट भारत फर्किंदै छन् । अधिकांश पश्चिम बंगालका हुन् । डीएसपीले भने, ‘भारतले आफ्ना नागरिकलाई नाकामा अलपत्र पारेर बस्न मिल्दैन ।’ उनका अनुसार काँकडभिट्टा आउने भारतीयलाई दसगजासम्म पुऱ्याउन प्रहरीले सहयोग गर्ने र त्यहाँबाट उता भारत आफैले बुझेर लानु पर्छ । 

दशगजामा हजार बढी भारतीय अलपत्र [तस्बिरहरु] 

खासगरी इँटा कारखानामा कार्यरत मजदुरहरुको नाकामा भीड देखिएको छ । वर्षायामका कारण इँटा कारखानाहरु धमाधम बन्द हुन् थालेका छन् । पश्चिम बंगालको कोलकाताका प्रितम भोरले नाकामा अलपत्र परेको २४ घन्टा बित्न लाग्दा पनि भारत सरकारले उद्धार नगरेको बताए । उनले मुख्यमन्त्री ममता बेनर्जीसँग अनुरोध गरे, ‘हामीलाई तत्काल उद्धार गरियोस् नत्र भोकै मर्ने अवस्था हुन लाग्यो ।’ 

दशगजामा हजार बढी भारतीय अलपत्र [तस्बिरहरु] 

भारतीय सुरक्षा संयन्त्रले बंगालका नागरिकलाई प्रवेश गराउने बारे निर्णयको पर्खाइमा रहेको जनाएको छ । एक जना भारतीय सुरक्षा अधिकारीले भने,‘राज्य सरकारको अर्डर आउने बित्तिकै प्रवेश गराउने छौं ।’ 

दशगजामा हजार बढी भारतीय अलपत्र [तस्बिरहरु] 

दशगजामा हजार बढी भारतीय अलपत्र [तस्बिरहरु] 

दशगजामा हजार बढी भारतीय अलपत्र [तस्बिरहरु] 

दशगजामा हजार बढी भारतीय अलपत्र [तस्बिरहरु] 

दशगजामा हजार बढी भारतीय अलपत्र [तस्बिरहरु] 

प्रकाशित : जेष्ठ २१, २०७७ ११:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?