१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

रुकुम घटनाको छानबिन प्रभाव र दबाबबाट मुक्त रहोस् : खनाल

काठमाडौँ — पूर्वप्रधानमन्त्री एवं नेकपा वरिष्ठ नेता झलनाथ खनालले चौरजहारी नगरपालिका–८, सोतीगाउँ घटनाका दोषीमाथि कारबाहीको माग गरेका छन् । घटनाको १० दिनपछि मंगलबार साँझ विज्ञप्ति जारी गर्दै खनालले घटनाको निष्पक्ष छानबिन गर्न र अपराधमा संलग्न दोषीलाई कडाभन्दा कडा कारबाही गरी पीडितलाई न्याय दिन माग गरेका हुन् । 

रुकुम घटनाको छानबिन प्रभाव र दबाबबाट मुक्त रहोस् : खनाल

नेता खनालले सोतीमा भएको घटनाबाट आफू स्तब्ध भएको तथा आधुनिक समाज र मानव जातिले सृजना गरेका मूल्यहरूलाई समेत चुनौती दिनेगरी भएको उक्त नृशंस घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । उनले मानवताविरोधी भन्दै घटनाको निन्दा र भत्सना गरेका छन् ।

‘यो छानबिन न्यायिक होस्, निष्पक्ष होस्, कुनै पनि प्रभाव र दबाबबाट मुक्त रहोस् र अपराधमा संलग्नहरूलाई कडाभन्दा कडा कारबाही गरियोस् । पीडितहरूलाई न्यायको अनुभूति होस् ।’ खनालले विज्ञप्तीमा भनेका छन् ।

गृहमन्त्रालयको छानबिन समितिको काम गरिरहेको बेला नेता खनालले उनले छानबिन प्रभाव र दबाबबाट मुक्त हुनुपर्ने बताएका छन् । नेता खनालले सम्पूर्ण दलित तथा पीडित समुदायको साथमा सरकार, जनप्रतिनिधि र सिंगो नेकपा रहेको पनि बताएका छन् । नेकपाले भने अहिलेसम्म पार्टीका तर्फबाट विज्ञप्ती निकालेको छैन् । बरु घटनालाई लिएर राजनीतिक आरोप प्रत्यारोप शुरु भएका छन् ।

युवतीसँग प्रेमविवाह गर्न गएका जाजरकोट भेरी नगरपालिका–४ का नवराज विकसहित युवाहरूमाथि स्थानीयले आक्रमण गरेका थिए । आक्रमणमा परी नवराजसहित ६ जना भेरी नदीमा बेपत्ता भएका थिए । उनीहरू ६ जनाकै शव फेला परिसकेको छ ।

प्रकाशित : जेष्ठ २०, २०७७ २२:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?