कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कांग्रेसका ८ सांसदको संशोधन प्रस्ताव दर्ता (अपडेट)

काठमाडौँ — कांग्रेसका आठ सांसदहरुले मंगलबार संविधान संशोधनको विधेयक दर्ता गराएका छन् । सांसदहरु प्रदीप गिरी, उमाकान्त चौधरी, अमरेशकुमार सिंह, तेजुलाल चौधरी, चित्रलेखा यादव , अभिशेकप्रताप शाह, नमिता चौधरी र पद्मनारण चौधरीले संघीय संसद सचिवालयमा संशोधन विधेयक दर्ता गराएका हुन् ।

कांग्रेसका ८ सांसदको संशोधन प्रस्ताव दर्ता (अपडेट)

उनीहरुले पार्टी केन्द्रीय कार्यसमितिको निर्णय अनुसार संशोधन हालेको बताएका छन् । राजपा र समाजवादीले संशोधन दर्ता गराएपछि तराई/मधेसकै भूभागबाट प्रतिनिधित्व

गर्ने कांग्रेस सांसदहरुले संशोधन दर्ता गराएका हुन् । संशोधन हाल्ने मध्येका सांसद सिंहले पार्टी सभापति शेरबहादुर देउवालाई जानकारी दिएरै संशोधन हालिएको बताए । उनीहरुले तत्कालीन कांग्रेस नेतृत्वकै सरकारले अघि बढाएको विधेयकमा उल्लेखित बिषयभन्दा फरक समानुपातिक समावेशीको बिषय थपेका छन् । संविधानमा समावेशी प्रतिनिधित्वको व्यवस्था मात्रै रहेकोमा संशोधनमा समानुपातिक शब्द थप गरिएको छ । यसअघि कांग्रेसले प्रदेशको सीमाना हेरफोर, नागरिकता, भाषा र राष्ट्रिय सभाको प्रतिनिधित्वको बिषयमा संशोधन हालेको थियो । अहिले संशोधनमा ती सबै बिषय हूबहु राखिएका छन् ।

प्रकाशित : जेष्ठ २०, २०७७ १८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?