जुवा खालबाट पक्राउ परेका ९ व्यापारीलाई दबाबमा छाडिँदै

मातृका दाहाल

काठमाडौँ — महानगरीय प्रहरी वृत्त दरबारमार्गले जुवा खालबाट पक्राउ परेका ९ जना व्यापारीलाई थुनामा नराखी हाजिरी जमानतमा छोड्न लागेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले ५ दिन थुनामा राखेर मुद्दाको अनुसन्धान गर्न अनुमति दिएपनि प्रहरीले आरोपितहरुलाई हाजिरी जमानतमा छोड्न लागेको हो ।

वृत्तका डीएसपी रञ्‍जन दाहालले कोरोना संक्रमणको कारण थुनामा नराखी राति घर जान दिइने र दिउँसो प्रहरी कार्यालयमा आउने गरी जमानतमा छाड्न लागिएको पुष्टि गरे ।

विभिन्‍न व्यापारिक घरनासँग सम्बद्ध उनीहरु प्रहरी हिरासत छल्‍नलाई शक्तिकेन्द्रमार्फत प्रहरीलाई दबाब दिएका थिए ।

प्रहरीभित्रकै केही उच्‍च अधिकारीहरु पनि पक्राउ परेका व्यपारीलाई हिरासतमा राख्‍न पक्षमा नदेखिएको उच्‍च स्रोतले बतायो । व्यापारीहरु पक्राउ परे लगत्तै प्रहरीमाथि विभिन्‍न राजनीतिक दलका नेताहरु र मन्त्रीले समेत दबाब दिएका थिए ।

यो पनि पढ्नुहोस्ः

जुवा खालबाट ९ व्यापारी पक्राउ

प्रकाशित : जेष्ठ २०, २०७७ १५:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?