डाक्टर केसी दुई दिने सत्याग्रहमा

मनोज बडू

दार्चुला — चिकित्सा शिक्षा सुधारका अभियन्ता डाक्टर गोविन्द केसीले दार्चुलामा मंगलबारदेखि सत्याग्रह सुरु गरेका छन् । मंगलबारबाट डा. केसीले सीमाञ्चललगायतका सबै नागरिकहरुको समृद्धि, नेपालको सार्वभौमसत्ताको रक्षा तथा गुणस्तरीय शिक्षा र स्वास्थ्यमा सबैको पहुँचका लागि भन्दै १८औं सत्याग्रह सुरु गरेका हुन् ।

डाक्टर केसी दुई दिने सत्याग्रहमा

केसीले बिहान १० बजे पत्रकार सम्मेलन गर्दै गल्फैस्थित जगन्नाथ मन्दिर क्षेत्रमा दुई दिनका लागि सत्याग्रहमा बसेका हुन् । जेठ १ गते दार्चुला आइपुगेका डा. केसीले राष्ट्रियता सिंहदरबारबाट बुझ्ने नसकिने भन्दै भारतद्वारा अतिक्रमित नेपाली भूमि फिता गर्न सरकारले तत्काल प्रक्रिया अगाडि बढाउनुपर्ने र सीमाञ्चल क्षेत्रका नागरिकको पीडा बुझ्नुपर्ने भन्दै सत्याग्रह सुरु गरेका छन् ।

ब्यास गाउँपालिका–१, ब्यास क्षेत्रमा भारतले अतिक्रमण गरी राखेको फौज हटाउनुपर्ने र ब्यास क्षेत्रमा नेपालले आफ्नो सेना राख्नुपर्ने डा. केसीले बताए । दार्चुलालगायत सीमा क्षेत्रका बासिन्दाका लागि यातायातको सहज पहुँच निर्माण गर्नुका साथै गुणस्तरीय स्वास्थ्य, शिक्षा र रोजगारीको व्यवस्था गर्नुपर्ने, भारतबाट मिचिएको नेपाली भ्रमि फिर्ता गर्ने प्रक्रिया तत्काल सुरु गर्नुपर्ने मुख्य उनको सत्याग्रहका मागहरु रहेका छन् ।

त्यस्तै गण्डकी प्रदेशलगायत डडेलधुरा, बर्दिबास, उदयपुर, इलामलगायतका ठाउँमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया द्रुत गतिमा अघि बढाउनुपर्ने, गेटा मेडिकल कलेजलाई शीघ्र सञ्चालनमा ल्याउन तथा कर्णाली र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र एमबीबीएस कार्यक्रम सञ्चालनको व्यवस्था गर्नुपर्ने र यस अगाडि भएका सबै सम्झौता कार्यान्वयन गर्नुपर्ने सत्याग्रहका मागहरु रहेको बताएका छन् ।

प्रकाशित : जेष्ठ २०, २०७७ १२:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?