१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

बीपी प्रतिष्ठानमा उपचाररत १८ संक्रमित निको भए

धरान र झापाका उनीहरूलाई सोमबार राति नै एम्बुलेन्स र बसमा चढाएर घर पठाइएको छ
प्रदीप मेन्याङ्बो

सुनसरी — धरानको बीपी प्रतिष्ठानमा उपचाररत केरोना संक्रमितमध्ये १८ जना निको भएका छन् । उनीहरूलाई प्रतिष्ठानले सोमबार राति डिस्चार्ज गरिदिएको छ ।

बीपी प्रतिष्ठानमा उपचाररत १८ संक्रमित निको भए

दुईपटक पीसीआर परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएपछि १८ जनालाई डिस्चार्ज गरिएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताए । उनका अनुसार तिनमा एक जना धरानकी महिला हुन् भने बाँकी झापाका । धरानकी महिलालाई एम्बुलेन्समा र झापाकालाई बसमा पठाइएको थियो ।

कोरोनालाई जित्न सफल भएका उनीहरूलाई धरान उपमहानगरका प्रमुख तिलक राई, प्रतिष्ठानका अस्पताल निर्देशक डा. गौरीशंकर साह, सहायक निर्देशक डा. विकास साह, कोरोना फोकल पर्सन डा. इन्द्र लिम्बूलगायतले बिदाइ गरेका थिए ।

अब प्रतिष्ठानको आइसोलेसनमा ८० संक्रमित उपचाररत छन् । उनीहरूको अवस्था पनि सामान्य रहेको प्रतिष्ठानले जनाएको छ ।

प्रकाशित : जेष्ठ २०, २०७७ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?