जुवा खालबाट ९ व्यापारी पक्राउ

कान्तिपुर संवाददाता

काठमाडौँ — जुवा खेलिरहेको गोप्य सूचनाका आधारमा प्रहरीले कमलादीस्थित एक होटलमा छापा मारेर ९ जना व्यापारीलाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त दरबारमार्गको टोलीले उनीहरुलाई पक्राउ गरेके हो ।वृत्तका डीएसपी रञ्जन दाहालका अनुसार कमलादीस्थित गनगोर रिजेन्सी बुटिक होटलमा छापा मारेर व्यापारीहरु विमल खेतान, विमल अउजा, रामचन्द्र संघाई, सुरेशकुमार अग्रवाल, पुरुषोत्तम अग्रवाल, गोविन्दराम सरिया, अशोककुमार अग्रवाल, नन्दकिशोर शर्मा तथा होटल सञ्चालक भारतीय नागरिक मिक्की जोगाई पक्राउ परेका हुन् ।

उनीहरुको साथबाट २ लाख ७७ हजार रुपैयाँ नगदसहित हजार, ५ सय, १ सय र ५० दरका १ सय ७९ थान क्‍वाइन पनि बरामद गरिएको दाहालले बताए ।

जुवा खोलाएको कोठा सिल गर्नुका साथै उनीहरुले चढेका सवारी साधन पनि नियन्त्रणमा लिइएको छ ।

प्रकाशित : जेष्ठ १९, २०७७ २१:३८
प्रतिक्रिया
पठाउनुहोस्

विमान चढेर आउन थाले नेपाली

बागडोगरा अन्तर्राष्ट्रिय विमानस्थल नेपालकै सबभन्दा नजिकको भारतीय विमानस्थल हो । काँकडभिट्टाबाट यसको दुरी करिब २० किलोमिटर छ ।
पर्वत पोर्तेल

काँकडभिट्टा — सुनसरीका आशा भट्टराई र सुनैना बस्नेत व्यापारिक कामको सिलसिलामा लकडाउनअघि नै दिल्ली पुगेका थिए । फर्किने बेलामा भारत र नेपाल दुवैतिर लकडाउन सुरु भइसकेको थियो । अन्ततः दिल्लीमै अलपत्र परे । 

दुई महिनाभन्दा बढी समय दिल्लीमा बिताएका उनीहरु सोमबार पूर्वी नाकाबाट घर फर्किए । ‘आज बिहान दिल्लीबाट बागडोगरासम्म जहाज चढेर आइपुगेका हौं,' आशा भट्टराईले भनिन्, ‘कतिबेला घर पुगूँजस्तो भएको छ ।’

विमान सेवा सञ्चालनपछि आशा र सुनैनाजस्तै धेरै नेपाली विमानबाटै घर फर्किन थालेका छन् । बस र रेल सेवासँगै भारतले गत सोमबारदेखि विमान सेवासमेत सञ्चालन गरेपछि भारतमा रहेका नेपालीलाई स्वदेश फर्किन सहज भएको छ । अहिले नेपालीको चाप सीमा नाकामा झन् बढ्दै गएको छ ।

पश्चिम बंगालको बागडोगरा अन्तर्राष्ट्रिय विमानस्थल नेपालकै सबभन्दा नजिकको भारतीय विमानस्थल हो । पूर्वी सिमाना काँकडभिट्टाबाट यसको दुरी करिब २० किलोमिटरमात्रै छ । विमान सेवा सञ्चालनसँगै पश्चिम जिल्लाका नेपालीहरु समेत पूर्वी नाकाबाटै आउन थालेका छन् । ‘विमान चढ्न सक्नेहरु विमान र नसक्नेहरु बस र रेलमा नेपाल फर्किरहेका छन्’, इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी राजेन्द्र पोख्रेलले भने, ‘पूर्वी नाकामा दिनदिनै भिड बढ्न थालेको छ ।’

विमान सेवा सञ्चालन भएयता यो नाकाबाट करिब ५ हजार नेपाली स्वदेश फर्किएका छन् ।

प्रकाशित : जेष्ठ १९, २०७७ २१:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×