दुई बालबालिकासहित थप १३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १८ सय ११ पुग्यो

काठमाडौँ — दुई बालबालिकासहित १३ जना कोरोना संक्रमित थपिएका छन् । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा सोमबार गरिएको परीक्षणमा १३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले विज्ञप्तिमार्फत जानकारी गराएका छन् । 

दुई बालबालिकासहित थप १३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १८ सय ११ पुग्यो

उनका अनुसार संक्रमित हुनेमा नवलपरासी सरावल गाउँपालिकाका ६ वर्षीय बालक, गडहवा गाउँपालिका रुपन्देहीका ३ वर्षीया बालिका, ५४ वर्षीय पुरुष, मायादेवी गाउँपालिका कपिलवस्तुका ७ पुरुष (१९ देखि ४० वर्ष), निस्दी गाउँपालिका पाल्पाका २ पुरुष (१७ देखि ३६ वर्ष) र गुल्मी रेसुंगा नगरपालिकाका २६ वर्षीय पुरुष रहेका छन् ।

थप १३ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितसंक्रमितको संख्या १८ सय ११ पुगेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको विज्ञप्ति



प्रकाशित : जेष्ठ १९, २०७७ १८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?