कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

प्रधानमन्त्री र राष्ट्रपतिबीच भेटवार्ता

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री र राष्ट्रपतिबीच भेटवार्ता

उनी सोमबार सवा १० बजे राष्ट्रपति निवास शितल निवास पुगेका थिए । शितल निवासमा प्रधानमन्त्री र राष्ट्रपतिबीच सवा एक घन्टा कुराकानी भएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले कान्तिपुरलाई बताए ।

उक्त भेटमा प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्‍डारीलाई सरकार सञ्‍चालन, समसामयिक विषयवस्तु र घटनाक्रमबारे रिपोर्टिङ गरेको अधिकारीले बताए ।

प्रधानमन्त्री ओ‌ली सेना परिचालनको विषयमा छलफल गर्नका लागि राष्ट्रपतिसँग भेटवार्ता गरेको अड्कालबाजी गरिए पनि राष्ट्रपतिका स्वकीय सचिव अधिकारीले उक्त विषयमा कुनै छलफल नभएको बताए ।

सरकारले शनिबार रोकथाम तथा नियन्त्रणका लागि सेना परिचालन गर्ने निर्णय गरेको थियो । सरकारले निर्णय गरे पनि राष्ट्रपतिबाट प्रमाणीकरण भएको छैन ।

प्रकाशित : जेष्ठ १९, २०७७ १८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?