१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

कोरोनासँगै डेंगुको जोखिम, पुसदेखि जेठसम्म ८२ जनामा संक्रमण

काठमाडौँ — गर्मी बढेसँगै कीटजन्य रोगको जोखिम बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले आयोजना गर्ने नियमित मिडिया ब्रिफिङमा कोरोना संक्रमितलाई पनि डेंगुको संक्रमण देखिएसँगै सजग रहन आग्रह गरेको छ ।

कोरोनासँगै डेंगुको जोखिम, पुसदेखि जेठसम्म ८२ जनामा संक्रमण

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले कोरोनासँगै अरु रोगको जोखिम बढेको बताउँदै वर्षाकाल सुरु भइसक्दा क्‍वारेन्टाइन तथा घरमा बस्दा कोभिड बाहेक अरु रोग जस्तै सरुवा वा किटजन्य रोगहरु जस्तै डेंगु, मलेरिया,सर्पदंश, झाडापखाला हुन सक्ने बताए ।

पुसदेखि जेठ महिनासम्म ८२ जनामा देशभर डेंगु देखिएको छ । २६ जिल्लामा संक्रमण देखिएको छ । जसमा रुपन्देहीमा ३५ र म्याग्दीमा १२ जना, मकवानपुर, गोरखा र तनहुँमा १ –१ जना, कास्कीमा १० जना, काठमाडौंमा ७ जना, नवलपरासीमा १ जना, बाग्लुङमा २ जना, ललितपुरमा ४ जना, सुनसरी ४ जना, पाल्पामा १ जनामा डेंगुको संक्रमण देखिएको छ ।

त्यसैगरी पश्‍चिम नवलपरासीमा १ , मोरङमा ३ , कपिलवस्तुमा ३ , तेह्रथुममा २ , दाङमा १ , डडेलधुरामा १, बाँकेमा १ , झापा र उदयपुरमा १/१ जना, नुवाकोटमा २ , कैलाली र धनकुटामा २ – २ जना, रामेछापमा १ र धादिङमा २ जनामा डेंगु देखिएको छ । त्यसैगरी हालसम्म १५ जनामा मलेरिया देखिएको छ ।

गत वर्ष महामारीको रुपमा फैलिएको डेंगु ६८ जिल्लामा फैलिनुसका साथै १६ हजारमा मानिसमा यो संक्रमण देखिएको थियो जसमा ६ जनाका मृत्यु भएको थियो । यो रोग वैशाखदेखि मंसिरसम्म देखा पर्छ ।

निर्देशक डा पाण्डेले डेंगु र मलेरिया रोगका लागि प्रत्येक प्रदेश र स्थानीय तहमा जाँचपड्तालको लागि डाइग्नोष्टिक टेस्ट किटको व्यवस्था भएको बताउँदै लामखुट्टेको टोकाइबाट बच्‍न सावधानी अपनाउनु पर्ने बताए ।

डेंगु के हो ?

यो रोग एडिस जातको लामखुट्टेको टोकाइबाट लाग्‍ने गर्दछ। अत्यधिक ज्वरो आउने, जिउ एकदमै दुख्‍ने, टाउको दुख्‍ने, पेट दुख्‍ने, वाकवाकी लाग्ने, आँखामुनि दुख्ने आदि लक्षणहरु हुन सक्छन् ।

डेंगुबाट बँच्‍न के गर्ने ?

  • लामखुट्टेको टोकाइबाट बँच्‍ने ।
  • घरवरीपरी पानी जम्‍ने खाल्डाखुल्डी पुर्ने ।
  • लामखुट्टेको टोकाइबाट बँच्‍न झुलको प्रयोग गर्ने वा लामखुट्टेको धूप प्रयोग गर्ने ।
  • शरीर ढाकिने लुगा लगाउने आदि ।

प्रकाशित : जेष्ठ १९, २०७७ १७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?