१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

थप २२६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १ हजार ७९८ पुग्यो

काठमाडौँ — नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ७९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा सोमबार थप २२६ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो । यो अहिलेसम्मकै धेरै संख्या हो । 

थप २२६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १ हजार ७९८ पुग्यो

मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले संक्रमितको संख्या १ हजार ७९८ पुगेको जनाए ।

संक्रमित हुनेमा

  • दैलेखका ४१
  • कपिलवस्तुका ४०
  • सर्लाहीका ३८
  • जुम्लाका १९
  • रौटहतका १८
  • कैलालीका १४
  • सल्यानका १०
  • दाङका ९
  • बाँकेका ७
  • धनुषाका ७
  • सुर्खेतका ५
  • सिरहाका ५
  • नवलपरासी पूर्वका ३
  • पाल्पा ३
  • रुपन्देही २
  • झापाका २
  • महोत्तरीका २
  • मकवानपुरका १
  • उदयपुरका १
  • अछामका १
  • बैतडीका १
  • डोटीका १
  • कञ्चनपुरका १

क्वारेन्टाइनमा रहनेको संख्या १ लाख ३३ हजार ९७५ रहेका छन् । आइसोलेसनमा रहनेको संख्या देशभरी १ हजार ५ सय ६९ जना रहेको छ ।

मन्त्रालयका अनुुसार सोमबारसम्म नेपालमा आरडिटी विधिबाट १ लाख १३ हजार ७५७ नमुना परीक्षण भएका छन् । पिसिआर विधिबाट भने हालसम्म ७१ हजार ९ सय ३ परीक्षणहरु गरिएका छन् ।

हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक र अर्घाखाँचीका एक, दैलेखका एक, बाजुराका एक गरी ८ जनाको मृत्यु भएको छ ।


प्रकाशित : जेष्ठ १९, २०७७ १६:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?