संविधान संशोधन विधेयक लिएर सिंहदरबार पुगे राजपा र समाजवादीका नेता

काठमाडौँ — संविधान संशोधन विधेयक लिएर राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीका नेता संघीय संसद सचिवालय पुगेका छन् । यसअघि राजपा एक्लै संविधान संशोधन विधेयक लिएर संसद सचिवालय गएको थियो । जुन संसद सचिवालयमा दर्ता भएन । 

संविधान संशोधन विधेयक लिएर सिंहदरबार पुगे राजपा र समाजवादीका नेता

समाजवादी पार्टीका नेताहरूलाई पनि साथमा लिएर राजपा फेरि संविधान संशोधनको गैर सरकारी विधेयक लिएर संसद सचिवालय पुगेको हो ।

राजपा र समाजवादीका नेताहरूले संविधानमा संशोधन माग गर्दै आएका छन् । उनीहरूले यसअघि संसदमा पेस भएको संविधान संशोधन विधेयकसँग मेल खाने विषय लिएर संसद सचिवालय पुगेका हुन् । संसद सचिवालय विधेयक शाखा प्रमुख नारायण ढकालले दुवै दलले ल्याएको विधेयक अध्ययन भइरहेको बताए । उनले भने, 'दुवै दलका नेताहरू आउनुभएको छ । प्राइभेट बिल ल्याएर । हामी अध्ययन गरिरहेका छौं ।'

यसअघि शुक्रबार राजपाका नेताहरू संविधान संशोधन विधेयक लिएर संसद सचिवालय पुगेका थिए । उनीहरूको विधेयक संसदका महासचिव भरतराज गौतमले अध्ययन गरेर निर्णय दिने बताएका थिए । उक्त विधेयकमा समाजवादीको सहमति थिएन । त्यसपछि दुवै दलका नेताहरू मिलेर संयुक्त रूपमा विधेयक दर्ता गराउने सहमति भएको थियो । सोहीबमोजिम समाजवादीका राजेन्द्र श्रेष्ठ र राजपाका लक्ष्मणलाल कर्णलाई नयाँ किसिमले विधेयक तयार पार्ने जिम्मा दिइएको थियो । दुवै नेताले विधेयक तयार पारेपछि आज दर्ता गर्न नेताहरू संसद सचिवालय पुगेका हुन् ।

सरकारले अध्यावधिक नक्साअनुसार निसान छापमा रहेको नक्सा संशोधन गर्न विधेयक ल्याएपछि समाजवादी र राजपाले पनि आफ्ना माग सम्बोधन हुनुपर्ने माग राख्दै आएका थिए ।

राजपा र समाजवादीले तयार पारेको विधेयकमा भाषा, नागरिकता, प्रदेशको सिमांकन परिवर्तन सम्बन्धमा जुन जुन प्रदेशको सीमासँग सम्बन्धित व्यवस्था परिमार्जन गर्नुपर्ने माग राख्दै आएका छन् । त्यस्तै, राज्य पुनर्संरचनाका लागि संयन्त्र गठन गर्नुपर्ने पनि उनीहरूको माग छ ।

प्रकाशित : जेष्ठ १९, २०७७ १६:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?