कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

भैरहवाको भीम अस्पतालबाट २५ जना कोरोना संक्रमित डिस्चार्ज

निको भएर घर फर्किन पाउँदा खुसीले नाचगान
माधव ढुंगाना

भैरहवा — भैरहवाको भीम अस्पतालमा उपचाररत २५ जना कोरोना भाइरस संंक्रमित सोमबार बिहान डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा चार वर्षकी बालिकासमेत छन् ।

भैरहवाको भीम अस्पतालबाट २५ जना कोरोना संक्रमित डिस्चार्ज

अस्पतालका अनुसार, रुपन्देहीको गैडहवा गाउँपालिकाका १० जना, कपिलवस्तुुका ५, लुम्बिनी सा‌ंस्कृतिक नगरपालिकाका ४, नवलपरासीका ३, भारतीय नागरिक १, सिद्धार्थनगर नगरपालिकाका–१ र रुपन्देहीको कोटहीमाई गाउँपालिकाका १ जना डिस्चार्ज भएका हुन् । उनीहरुलाई गत वैशाख ३० गतेदेखि कोरोना संक्रमणको पुष्टि भएपछि उपचारका लागि अस्पतालमा ल्याइएको थियो ।

भारतीय नागरिक बाहेक अन्य सबै जना भारतको मुम्बईमा रोजगारी गरी घर फर्केका हुन् । गैडहवा गाउँपालिकाका एकै घरका ६ जना थिए । भारतको उत्तर प्रदेश राज्यको गोण्डा घर भएका अर्का भारतीय नागरिकलाई लकडाउनका कारण स्वदेश जान नपाएपछि भैरहवाको निमा प्रतिमान स्मृति अध्ययन प्रतिष्ठानको क्वारेन्टाइनमा अन्य भारतीय नागरिकसँगै राखिएको थियो । स्वास्थ्य जाँच गर्दा उनमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.नवीन दर्नालले उपचारमा आएकामध्ये केहीलाई सामान्य श्वासप्रश्वासमा र उच्च रक्तचाप देखिए पनि अन्य गम्भीर समस्या नरहेको बताए । ‘उनीहरु सुरुमा अस्पतालमा आउँदा मरिन्छ कि भन्ने डरले निकै भयभित थिए,’ उनले भने, ‘अहिले सबैजना प्रफुल्ल छन् । खुसीले नाचगान गरेका छन् ।’

उनका अनुसार, उपचारका लागि भीम अस्पतालमा ल्याइएका कोरोना संक्रमितको यो समूह पहिलो हो । उनीहरु सवैजना डिस्चार्ज भएपछि अस्पताल खाली भएको छ ।

डिस्चार्ज भएपछि उनीहरु खुशीले अस्पताल परिसरमै नाचगान गरेका थिए । उनीहरुलाई पाँच नम्बर प्रदेशका सामाजिक विकासमन्त्री सुदर्शन बराल र रुपन्देहीका प्रदेशसभा सदस्य सन्तोष पाण्डे अस्पतालमै पुगेर बिदाई गरेका थिए ।

प्रकाशित : जेष्ठ १९, २०७७ ११:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?