कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कोरोना कोषबाट खर्च गर्न सुरु

काठमाडौँ — सरकारले ‘कोराना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा जम्मा भएको रकम जोखिम बढी भएको क्षेत्रमा खर्चन थालेको छ ।

योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेल संयोजक रहेको सञ्चालक समितिको निर्णयअनुसार सरकारले कोषबाट कोरोनाको जोखिमयुक्त क्षेत्रका अस्पताल र जिल्ला प्रशासन कार्यालयलाई ५ करोड १७ लाख ७९ हजार रुपैयाँ रकम निकासा गरिसकेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार कोरोना कोषबाट रकम पाउनेमा आठवटा अस्पताल र स्वास्थ्य संस्था तथा १७ वटा जिल्ला प्रशासन कार्यालय छन् ।

कोषबाट नेपाल स्वास्थ्य अनुसन्धान परिषद् काठमाडौंलाई १ करोड ३९ लाख ७९ हजार, कोसी अस्पताल विराटनगरलाई १ करोड, सप्तरीको गजेन्द्रनारायण सिंह अस्पताललाई ६८ करोड, डडेलधुरा अस्पताललाई ६० लाख, जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्र तनहुँलाई ३५ लाख, भरतपुर अस्पताललाई २० लाख, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, मकवानपुरलाई ५ लाख रुपैयाँ निकासा गरिएको छ । इलाम, झापा, मोरङ, सप्तरी, सिरहा, महोत्तरी, सर्लाही, रौतहट, पर्सा, नवलपरासी, रूपन्देही, कपिलवस्तु, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, बैतडी, दार्चुला जिल्ला प्रशासन कार्यालयलाई ५ लाख रुपैयाँका दरले रकम पठाइएको छ ।

मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीका अनुसार पहिलो चरणमा बढी जोखिम र बजेट कम भएका अत्यावश्यक क्षेत्रमा रकम पठाइएको हो । दोस्रो चरणमा बजेट माग भएका क्षेत्रको जोखिम अध्ययन गरी आवश्यकता अनुसार रकम पठाइने छ ।

लकडाउनसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत स्थापना गरिएको कोरोना कोषमा दाताहरूबाट झन्डै साढे दुई महिनामा करिब २ अर्ब ३१ करोड रुपैयाँ जम्मा भइसकेको छ । कोषमा रकम जम्मा हुने क्रम जारी छ ।

प्रकाशित : जेष्ठ १८, २०७७ २०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?