कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

ग्राहक आफैंले विद्युत् मिटर जाँची महसुल तिर्न सक्ने

काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणले ग्राहक स्वयम्‌ले घरमा भएको मिटर रिडिङ गरी महसुल तिर्न सक्ने सुविधा सुरु गरेको छ । लकडाउनका कारण मिटर रिडरलाई जाँचको लागि पठाउन नसकिएको भन्दै प्राधिकरणले यस्तो सुविधा सुरु गरेको हो ।

ग्राहक आफैंले विद्युत् मिटर जाँची महसुल तिर्न सक्ने

कन्ज्युमर डट एनइए डट ओआरजी डट एनपीमा गएर ग्राहकले आफ्नो विवरण दर्ता गराएर ग्राहकले आफ्नो एकाउन्ट बनाउन सक्ने र आफ्नो मिटरमा भएको अंक हाली महसुल भुक्तानी गर्न सक्छन् ।

आफ्नो ग्राहक नम्बरमा क्लिक गरेपछि खुल्ने अनलाइन मिटर रिडिङ इन्ट्री फारममा आफ्नो घरको विद्युत् मिटरमा देखिएको अंक ‘करेन्ट मिटर रिडिङ फिल्ड’मा टाइप गरी बुझाउनु पर्ने छ । मिटरको अंक देखिने गरी फोटो खिची ब्राउज बटम क्लिक गरी फोटो अपलोड गरेर पनि पठाउन सकिने छ ।

प्राधिकरण कम्प्युटराइज्ड बिलिङ महाशाखाका अनुसार यो प्रणाली सुरु गरिएपछि करिब २५ हजार ग्राहकहरुले सुरु रजिष्ट्रेसन गराएका छन् । ८ हजार ग्राहकले आफैं आफ्नो विद्युत् मिटरमा चढेको अंक प्रणालीमा राखेर महसुल भुक्तानी गरेका छन् ।

हाल प्राधिकरणका ७ लाख बढी ग्राहकले अनलाइनमार्फत महसुल भुक्तानी गरिरहेका छन् । अनलाइनमार्फत भुक्तानी बढ्दै गर्दा प्राधिकरणले आफ्नो करिब ३ सय काउन्टर कम गरेको छ ।

प्रकाशित : जेष्ठ १८, २०७७ १९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?