३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

कलाकार जयनन्दचन्द ठकुरीको निधन 

काठमाडौँ — कलाकार जयनन्दचन्द ठकुरीको ८० वर्षको उमेरमा आइतबार बिहान ललितपुर बागडोलमा निधन भएको छ । कलाकार ठकुरीले बिहान करीब साढे ११ बजे आफ्नै निवासमा प्राण त्यागेको चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्काले जानकारी दिए  । 

कलाकार जयनन्दचन्द ठकुरीको निधन 

'म उहाँसँग सम्पर्कमै थिएँ । गाह्रो भयो मलाई भनेर बिहान पनि फोन गर्नुभएको थियो । डाक्टर ज्वाइँलाई बोलाएको छु त्यसपछि के भाको थाहा हुन्छ भन्नु भएको थियो, स्वर्गीय भइसक्नु भएछ,' खड्काले बताए । ठकुरीको अन्तिम संस्कार पनि आज दिउँसो पशुपतिको विद्युतिय शवदाह गृहमा गरिएको खड्काले बताए । ठकुरीका श्रीमती र एक छोरी छन् ।

१२ वर्षदेखि प्यारालाइसिसले थलिएका ठकुरी सुगरपीडित पनि थिए । उनको छालामा पनि समस्या देखिँदै गएको थियो । ठकुरीले 'जीवनरेखा', 'भाग्यरेखा'लगायत दर्जनौं फिल्ममा अभिनय गरेका छन् । उनले अभनिय गरेको अन्तिम फिल्म 'भागीभागी नजाउ तिमी' थियो ।

प्रकाशित : जेष्ठ १८, २०७७ १९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?