१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

कांग्रेस केन्द्रीय समिति : दुई दर्जनले संविधान संशोधनको पक्षमा बोले [अपडेट]

काठमाडौँ — सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन विधेयकबारे छलफल गर्न बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा झन्डै दुई दर्जन केन्द्रीय सदस्यले प्रस्तावको पक्षमा बोलेका छन् । केन्द्रीय सदस्य प्रदीप पौडेलले बैठकमा अहिलेसम्म बोल्ने कुनै पनि सदस्यले विधेयकको विपक्षमा नबोलेको बताए । 

कांग्रेस केन्द्रीय समिति : दुई दर्जनले संविधान संशोधनको पक्षमा बोले [अपडेट]

सरकारले जारी गरेको नयाँ नक्साअनुसार निसान छापमा पनि नयाँ नक्सा राख्नका लागि सरकारले संविधान संशोधन दर्ता गराएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले यसबारे निर्णय गर्न केन्द्रीय समिति बोलाएका हुन् । यसअघि पार्टीका पदाधिकारीको अनौपचारिक बैठकले प्रस्तावलाई समर्थन गर्ने निर्णय गरिसकेको छ । केन्द्रीय समितिले पनि प्रस्तावको पक्षमा निर्णय गर्ने संभावना रहेको एक पदाधिकारीले बताए ।

'कालापानी, लिपुलेक र लिम्पियाधुराको भूभाग समावेश गरि नेपाल सरकारले सार्वजनिक गरेको नक्सा र संविधानको धारा ढ को उपधारा २ सँग सम्बन्धित अनुसूचि ३ मा संशोधन गर्न संसदमा प्रस्तुत हुने प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन गर्दछ' भन्ने प्रस्तावमा बैठकमा छलफल भइरहेको प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन् ।

.........

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक पार्टी मुख्यालयमा सानेपामा शनिबार सुरु भएको छ । संविधान संशोधन प्रस्ताव लगायतको विषयमा छलफल बस्न बैठक बसिरहेको छ ।

सरकारले सार्वजनिक गरेको नयाँ नक्सा अनुसारको निसाना छापको संशोधन विधेयक सरकारले शुक्रबार संसद्‌मा दर्ता गराएको थियो ।

विधेयकबारे पार्टीका धारणा बनाउन केन्द्रीय समिति बस्ने सभापति देउवाले सर्वदलीय बैठकमा बताएका थिए ।

प्रकाशित : जेष्ठ १७, २०७७ १५:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?