कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दैलेखका १४ जनामा कोरोना भाइरस संक्रमण

एलपी देवकोटा

जुम्ला — दैलेखका १४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा शुक्रबार गरिएको पीसीआर परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो । उनीहरु सबै नारायण नगरपालिका दैलेखका हुन् । 

दैलेखका १४ जनामा कोरोना भाइरस संक्रमण

नारायण नगरपालिका वडा नं. २ का वर्ष २१, का पुरुष, वडा नं. ३ का वर्ष ३० का पुरुष वडा नं. ४ का वर्ष २८, २५, र ३५ का पुरुष वडा नं. ६ का वर्ष ४१ का पुरुष, वडा नं ८ का वर्ष २०, २० का पुरुष ,वडा नं ९ का वर्ष २३, ५० का पुरुष वडा नं. १० का वर्ष १७, २२ का पुरुष र वडा नं. ११ का वर्ष २७, १८ का पुरुष गरी १४ जनामा भाइरस संक्रमण देखिएको हो ।

पीसीआर परीक्षणका लागि सुर्खेत र दैलेखबाट नमुनाहरु कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ल्याइएको थियो । नमुनाहरुको पीसीआर परीक्षण गर्दा शुक्रबार साझ ९ बजे परीक्षणको नजिता आएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका प्रयोगशाला प्रमुख विवेक पुनले बताए ।



प्रकाशित : जेष्ठ १६, २०७७ २१:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?