कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुग्यो

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाले नेपालमा मृत्यु हुनेको संख्या ६ जना पुगेको औपचारिक रुपमा पुष्टि गरेको छ ।

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुग्यो

मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले भूमिकास्थान नगरपालिका ९ अर्घाखाँचीका ३५ वर्षीय पुरुषको कोरोना संक्रमणले मृत्यु भएको पुष्टि गरे । उनको जेठ १० गते मृत्यु भएको र परीक्षणमा कोरोना देखिएको उनले बताए ।

हालसम्म संक्रमण पुष्टि भएकामध्ये यो संख्यासहित सिन्धुपाल्चोकमा एक र बाँकेमा एक, गुल्मीमा एक, ललितपुरमा एक, बारामा एक गरी मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

प्रकाशित : जेष्ठ १६, २०७७ १६:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?