कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चम्पादेवीबाट चितुवाकाे उद्धार

तस्बिर : बिजु महर्जन

कीर्तिपुर — कीर्तिपुरको चम्पादेवीस्थित बाँसघारीमा केही दिनदेखि कुखुरा हराउने क्रम बढेपछि कुखुराकाे फार्ममा थापिएकाे पासाेमा चितुवा परेकाे छ । चितुवालाई उद्धार वन विभागका कर्मचारीले उद्धार गरेका छन् ।

धेरै कुखुराहरु हराएपछि फार्ममा पासो थापिएको स्थानीयले बताए । केही समयअघि कीर्तिपुरमा चितुवा देखिन थालेकाे भन्दै स्थानीयले काठमाडौं वन सब डिभिजन कार्यालय थानकोटलाई खबर गरेका थिए ।

प्रकाशित : जेष्ठ १६, २०७७ १३:१७
प्रतिक्रिया
पठाउनुहोस्

पानीका मुहान सफा गरेर सिथि न:ख पर्व मनाइँदै [तस्बिरहरु]

तस्बिर : बिजु महर्जन

काठमाडौँ — नेवार समुदायले मनाउने सिथि न:खको अवसर पारेर ललितपुरको पाटन दरबार स्क्‍वायर परिसरमा रहेका ऐतिहासिक ढुंगेधारा लगायत ललितपुरकै विभिन्न ठाँउमा रहेको इनार तथा पोखरीहरु सफा गरिएको छ । सिथि नः खका दिनमा हरेक वर्ष पानीको मुहान सरसफाई गर्ने गरिन्छ । आफू बसेको वातावरणलाई सरसफाई गरेमा सभ्यताको विकास हुन्छ भन्ने मान्यताका साथ पानीको स्रोत इनार, कुवाको पनि सरसफाई गरिन्छ ।

प्रकाशित : जेष्ठ १५, २०७७ १५:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×