कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

मुस्ताङको लोमान्थाङमा सशस्त्रको बीओपी स्थापना

घनश्याम खड्का

म्याग्दी — सरकारले उत्तरी चीनसँग सीमा जोडिएको मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ नेचुङमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट(बीओपी) स्थापना गरेको छ । कोरला नाकाभन्दा १२ किलोमिटर तल सरकारले बीओपी स्थापना गरेको हो ।

मुस्ताङको लोमान्थाङमा सशस्त्रको बीओपी स्थापना

सशस्त्र प्रहरी बलका एआईजी नारायणबाबु थापा र गण्डकी प्रदेशसभा सदस्य इन्द्रधर विष्टले बिहीबार संयुक्त रुपमा बीओपी स्थापना गरेका हुन् । चीनसँग मुस्ताङको १३४.१६ किलोमिटर सीमा जोडिएको छ ।

‘बिहीबारदेखि चीन सीमावर्ती कोरला नाका नजिकै क्वारेन्टाइन कार्यालयमा सशस्त्र प्रहरी बलको बीओपी स्थापना भएको छ,’ मुस्ताङका प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्यालले भने, ‘कोरला नाकामा सवै पूर्वाधार नबन्दासम्म बीओपी नेचुङमै रहने छ । जग्गा प्राप्ति भइसकेकोले छिट्टै पूर्वाधार निर्माण सुरु होला ।’

नेचुङमा रहने सीमा सुरक्षा पोस्ट स्थापना गर्न सदरमुकाम जोमसोमस्थित ३३ नम्बर गुल्मबाट २० जना प्रहरी राखिएको छ । नेचुङ्गस्थित भन्सार तथा क्वारेन्टाइन कार्यालयको भवनमा दुई कोठा छोडेर बाँकी कोठामा सशस्त्र प्रहरी राखिएको छ ।

सरकारले भारत र चीनको सीमा जोडिएका १ सय २२ स्थानमा सशस्त्र प्रहरीको बीओपी स्थापना गरेको छ । सरकारले गत वैशाख ३१ गते दार्चुलाको छाङरुमा सशस्त्र प्रहरीको १०७ औं सीमा निगरानी चौकी (बीओपी) स्थापना गरेको थियो ।

प्रकाशित : जेष्ठ १६, २०७७ १३:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?