कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

सगरमाथाकै कारण नेपाल विश्‍वकै एक मात्र उत्कृष्ट गन्तव्य बन्दैछ : मन्त्री भट्टराई

काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयन मन्त्री योगेश भट्टराईले सगरमाथाकै कारण नेपाल आगामी दिनमा विश्वको एक मात्रै आकर्षक गन्तव्यका रुपमा रहने पनि बताएका छन् । १३ औं अन्तराष्ट्रिय सगरमाथा दिवसको उपलक्षमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सगरमाथा नेपाली पर्यटनको पुनरुत्थानको प्रेरणाको स्रोत रहेकोले सगरमाथाको सरसफाइ र सुन्दरता कायम गराउन सबै पक्षले ध्यान दिनुपर्ने बताए ।

सगरमाथाकै कारण नेपाल विश्‍वकै एक मात्र उत्कृष्ट गन्तव्य बन्दैछ : मन्त्री भट्टराई

त्यस्तै मन्त्री भट्टराईले सरकारले पर्यटन क्षेत्रको पुनरुत्थानका लागि राहत र सहुलियतका प्याकजेहरु ल्याएको पनि बताएका छन् । मन्त्री भट्टराईले सरकारले बजेटमार्फत देशको अर्थतन्त्रको आकार, बाध्यता र क्षतिको अवस्थाअनुरुप राहत र सहुलियतका प्याकेजहरु ल्याएको बताए । उनले सरकारले बजेटमार्फत ल्याएको राहत र सहुलियतबाट पर्यटन व्यवसायीहरु उत्साहित भएको विश्वास समेत व्यक्त गरे । कोरोना भाइरस (कोभिड–१९) बाट सबैभन्दा बढी क्षति पर्यटन क्षेत्रमा भएको र सरकारले छिट्टै पूर्ववत अवस्थामा फर्काउने प्रयास गरिरहेको मन्त्री भट्टराईले बताए ।

उनले पर्यटन क्षेत्रको विकासका लागि नीतिगत सुधार गर्न लागिएको बताए । आरोहणको क्षेत्रमा भएका समस्या समाधान गर्ने र थप रोजगारी सिर्जना गर्नेगरी पर्यटन ऐन ल्याउन लागिएको मन्त्री भट्टराईले बताए । पर्यटन तथा पर्वतारोहण अध्ययन प्रतिष्ठानको अवधारणाअनुरुप पर्यटन विश्व विद्यालय सञ्चालन गर्ने गरी ऐन ल्याउन लागिएको समेत उनले बताए ।

सन १९५३ मे २९ मा साहसी आरोही तेञ्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले पहिलो पटक सफल आरोहण गरेको दिन पारेर सन २००८ यता अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउने गरिएको छ । सन १९५३ देखि सन २०१९को अन्त्यसम्म कुल ६ हजार ५ सय १ जनाले सगरमाथाको सफल आरोहण गरेका छन् । त्यस मध्ये ३ हजार ४ सय ७८ जना नेपाली नागरिक रहेका छन् ।

सन् २०१९ मा मात्रै नेपालले विभिन्न हिमालको आरोहणबाट ५६ करोड रुपैयाँ बढी रोयल्टी प्राप्त गरेको छ भने सगरमाथाबाट मात्रै करिब ४५ करोड रुपैयाँ प्राप्त गरेको छ ।

प्रकाशित : जेष्ठ १६, २०७७ १२:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?