कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

बेलायतमा ज्यान गुमाउने नेपाली ६५ पुगे

नवीन पोखरेल

लन्डन — बेलायतमा कोरोना भाइरस (कोभिड–१९) का कारण ज्यान गुमाउने नेपालीको संख्या ६५ पुगेको छ ।

बेलायतमा ज्यान गुमाउने नेपाली ६५ पुगे

लन्डनस्थित नेपाली दूतावासका अनुसार हालसम्म कोभिड–१९ बाट ज्यान गुमाउनेमा ५४ जना पुरुष र ११ जना महिला छन् । मृतकमध्ये ५४ जना भूतपूर्व गोर्खा छन् ।

दूतावासले गोर्खा वेल्फेयर ट्रस्ट, पूर्वगोर्खाका संघसंस्था, विभिन्न काउन्सिल लगायतसँगको समन्वयमा उक्त तथ्यांक संकलन गरेको हो ।

युरोपमा सबैभन्दा प्रभावित मुलुक बेलायतमा हालसम्म भाइरसका कारण ३७ हजार ५ सय जनाको ज्यान गइसकेको छ । ब्रिटिस सरकारले कोरोना भाइरस संक्रमण रोक्न हाल लागू रहेको लकडाउनलाई खुकुलो गर्दै लाने प्रयास स्वरूप नयाँ कोरोना परीक्षण तथा ट्रेसिङ प्रणाली सुरु गरेको छ ।

बिहीबारदेखि लागू भएको ‘एनएचएस टेस्ट एन्ड ट्रेस’ नाम दिइएको उक्त कार्यक्रममा २५ हजार मानिस परिचालित गरिने छन् । ब्रिटिस स्वास्थ्यमन्त्री म्याट ह्यानककले यसबाट लकडाउनको सट्टा संक्रमित मानिसहरू एकान्तवासमा बस्ने पद्धति सुरु गर्न सकिने आशा व्यक्त गरेका छन् ।

अभियानअन्तर्गत कोभिड–१९ बाट संक्रमितहरूको सम्पर्कमा आएका मानिसहरूको पहिचान गरिने र यसबाट रोगको अनुगमन गर्न, अन्य मानिसमा संक्रमण रोक्न तथा कुनै खास क्षेत्रमा रोग फैलिन नपाओस् भनेर सहयोग पुग्ने ब्रिटिस अधिकारीहरूले बताएका छन् ।

प्रकाशित : जेष्ठ १५, २०७७ १९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?