पूर्व-पश्चिम राजमार्ग विस्तारका लागि १२ अर्ब २१ करोड

काठमाडौँ — सरकारले आगामी आर्थिक वर्षमा पूर्व-पश्‍चिम राजमार्ग विस्तारका लागि १२ अर्ब २१ करोड विनियोजन गरेको छ । आर्थिक वर्ष २०७७/७८को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले पूर्व पश्चिम राजमार्गलाई आगामी ३ वर्षभित्र ४ लेनको बनाइने बताए ।

पूर्व-पश्चिम राजमार्ग विस्तारका लागि १२ अर्ब २१ करोड

यस्तै सरकारले सिद्धार्थ राजमार्गअन्तर्गत सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग निर्माण सुरु गर्ने भएको छ । काठमाडौं-निजगढ फास्ट ट्रयाक निर्माण कार्य आगामी ३ वर्षभित्र सक्नका लागि सरकारले ८ अर्ब ९३ करोड विनियोजन गरेको छ ।

यस्तै, मदन भण्डारी राजमार्गलाई आगामी ३ वर्षभित्र निर्माण सम्पन्न गर्नका लागि ३ अर्ब ७ करोड बजेट विनियोजन गरेको छ । सरकारले कोटेश्‍वरमा फ्लाइ ओभरका लागि समेत बजेट निर्माण गरेको छ ।

सबै स्थानीय तहका केन्द्रबाट प्रदेश राजधानीसम्मको सडक कालोपत्रे गर्न समेत बजेट विनियोजन गरिएको अर्थमन्त्री खतिवडाले बताए ।

सब‌ै प्रकारका अस्थायी साँघुलाई प्रतिस्थापन गर्न निर्माणाधीन २ हजार २ सय झोलुङ्गे पुल निर्माणका लागि ५ अर्ब २ करोड विनियोजन गरेको छ ।

प्रकाशित : जेष्ठ १५, २०७७ १८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?