२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

भूकम्पपछिको पुनर्निर्माणका बाँकी काम आगामी वर्ष सकाइने, ५५ अर्ब बजेट विनियोजन 

काठमाडौँ — सरकारले भूकम्पपछिको पुनर्निर्माणका बाँकी कामका आगामी आर्थिक वर्षमा सकाउने जनाएको छ । त्यसका लागि ५५ अर्ब बजेट छुट्याइएको छ ।

भूकम्पपछिको पुनर्निर्माणका बाँकी काम आगामी वर्ष सकाइने, ५५ अर्ब बजेट विनियोजन 

संघीय संसद्को संयुक्त बैठकमा बिहीबार आर्थिक वर्ष २०७७/७८ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले पुनर्निर्माणका बाँकी कामका लागि ५५ अर्ब बजेट विनियोजन गरिएको जानकारी दिए ।

'निर्माणाधीन धरहरा, रानीपोखरी, सिंहदरबारको मूल भवन लगायत भूकम्पपछिको पुनर्निर्माणका काम आगामी आर्थिक वर्ष सम्पन्न गरिनेछ', अर्थमन्त्री खतिवडाले भने, 'निजी, आवास, पुरातात्विक सम्पदा, विद्यालय भवन स्वास्थ्य संस्था, सरकारी भवन तथा अन्य क्षतिग्रस्त संरचना पुनर्निर्माणका लागि ५५ अर्ब विनियोजन गरिएको छ ।'

उनका अनुसार विद्यालय भवन पुनर्निर्माणका बाँकी कार्य सम्पन गर्न सम्बन्धित स्थानीय तहको साझेदारीमा स्थानीय आवश्यकताअनुसार डिजाइन गरी विद्यालय व्यवस्थापन समितिबाट निर्माण गरिने छ ।

२०७२ सालमा गएको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त भौतिक पूर्वाधार र निजी आवास पुनर्निर्माणका काम राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत गराइरहेको छ ।


प्रकाशित : जेष्ठ १५, २०७७ १८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?