लकडाउन खुलेको ३० दिनसम्म हदम्याद नलाग्ने, म्याद बुझ्ने र तारिख लिन पनि पाइने 

सर्वोच्च अदालतको ऐतिहासिक बृहत इजलासको व्याख्या
कृष्ण ज्ञवाली

काठमाडौँ — सर्वोच्च अदालतले लकडाउनको अवधिलाई ‘शुन्य समय’को परिकल्पना गर्दै लकडाउन खुलेको ३० दिनभित्र मुद्दामामिलामा हदम्याद नलाग्ने निर्णय गरेको छ । सर्वोच्च अदालतमा बहालवाला सबै १९ जना न्यायाधीश सम्मिलित बृहत्तर प्रकृतिको इजलासले अरु म्यादहरु पनि ३० दिन कायम हुने फैसला गरेको हो । 

लकडाउन खुलेको ३० दिनसम्म हदम्याद नलाग्ने, म्याद बुझ्ने र तारिख लिन पनि पाइने 

फैसला अनुसार लकडाउन खुलेको एक महिनाको अवधिमा मुद्दाका पक्षहरुले हदम्याद नाघेको भए पनि मुद्दा दायर गर्न, तारिख लिन, पुनरावेदन गर्न पाउनेछन् । एकैसाथ १९ जना न्यायाधीशहरु बस्न इजलासको अभाव भएपछि भूकम्पको बेला सर्वोच्च अदालत परिसरमा स्थापित पालमा निर्मित हलमा नै इजलास बनाइएको थियो । मुद्दाको राय लेखेका न्यायाधीश ईश्वरप्रसाद खतिवडाले नै निर्णयको ठहरखण्ड पढेर सुनाएका थिए ।

लकडाउनका कारण अदालतहरु बन्द हुने भएपछि हदम्यादका कारण केही मुद्दाहरुमा जटिलता देखिएको थियो । यही विषयलाई सम्बोधन गर्नुपर्ने भनी सर्वोच्च अदालतको मुद्दा महाशाखाले टिप्पणी उठाएर सर्वोच्च अदालतमा पेश गरेको थियो । त्यसका साथै अधिवक्ता टिकाराम भट्टराई र महेश्वर श्रेष्ठले दर्ता गरेको निवेदनमाथि पनि बृहत पूर्ण इजलासले व्याख्या गरेको छ ।

प्रकाशित : जेष्ठ १५, २०७७ १८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?