कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

रिपोर्ट नआइ घर पठाइएकामा देखियो कोरोना, गाउँमा त्रास

गलत हल्लाको भरमा वडाध्यक्षले पठाए घर, उनैलाई समेत देखियो संक्रमण
ठाकुरसिंह थारु

नेपालगन्ज — कोरोना परीक्षण रिपोर्ट नआउँदै राप्ती सोनारी गाउँपालिका वडा नं ८ स्थित क्वारेन्टाईनमा बसेका २७ जनालाई बिहीबार घर पठाइयो । त्यसको तीन/चार घण्टापछि स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको रिर्पोटमा त्यही क्वारेन्टाईनमा बसेका चारजना र व्यवस्थापनमा खटिएका वडाध्यक्ष गरी ७ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

रिपोर्ट नआइ घर पठाइएकामा देखियो कोरोना, गाउँमा त्रास

राप्ती सोनारी–८ शिवशक्ति मावि पेरानी क्वारेन्टाईनमा उनीहरुलाई राखिएको थियो । राप्ती सोनारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विष्णुप्रसाद चुदालीले गलत सूचनाका कारण संक्रमितहरु घर गएको बताए । ‘नेगेटिभ रिर्पोट आयो भन्ने हल्ला सुनेर वडाध्यक्षले सबैलाई घर पठाई दिनुभो । पछि उहाँसहित ५ जनामा कोरोनो पोजेटिभ आयो,’ उनले भने, ‘अहिले सबैलाई आइसोलेसनमा राख्ने तयारी भइरहेको छ । अरुलाई क्वारेन्टाइनमा राखिसक्यौं ।’

घर पठाइएपछि उनीहरु परिवारको सम्पर्कमा पुगेका थिए । यसले गाउँमा थप त्रासको वातावरण सिजृना गरेको छ । पोजटिभ रिर्पोट आएपछि उनीहरुको खोजीगरी आइसोलेसन वार्डमा राख्ने तयारी भइरहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । राप्ती सोनारीमा कोरोना संक्रमितको संख्या ११ पुगेको छ ।

प्रकाशित : जेष्ठ १५, २०७७ १७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?