कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

भेरी नदीमा अर्का युवाको शव भेटियो, एक अझै बेपत्ता

भीमबहादुर सिंह

जाजरकोट — पश्चिम रुकुमको चौरहजारी नगरपालिका सोतीमा शनिबार भएको घटनापछि बेपत्ता अर्का युवाको शव फेला परेको हो । घटनाको छैटौं दिन सन्दिप बिकको शव भेरी नदीको छेडानजिकै किनारामा भेटिएको हो ।

भेरी नदीमा अर्का युवाको शव भेटियो, एक अझै बेपत्ता

हिजो अर्का बेपत्ताको शव भेटिएको थियो । यससँगै यो काण्डमा मारिनेको संख्या ५ पुगेको छ । गोविन्द शाही अझै बेपत्ता छन् । उनको खोजी भइरहेको प्रहरीले बताएको छ ।

यसअघि नवराज बिक, टिकाराम सुनार, लोकेन्द्र सुना र गणेश बुढाको शव भेटिएको थियो । जाजरकोट भेरी नगरपालिका राना गाउँका नवराज बिक आफ्ना साथीसहित मल्ल थरकी प्रेमिका लिन जाँदा गाउँलेले आक्रमण गरेका थिए । घटनाका घाइतेले नवराजलगायतलाई कुटपिट गरि हत्या गरेर भेरीमा बगाइएको बताएका छन् ।

प्रकाशित : जेष्ठ १५, २०७७ १५:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?