कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

सोलुखुम्बुमा पनि भेटिए संक्रमित

कुम्भराज राई

ओखलढुंगा — सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–८ का एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । दुई दिनअघि पीसीआर परीक्षणका लागि काठमाडौं पठाइएको स्वाबको रिपोर्ट पोजिटिभ देखिएको हो ।

सोलुखुम्बुमा पनि भेटिए संक्रमित

ती युवकलाई उपचारका लागि बिहीबार बिहानै एम्बुलेनसमार्फत विराटनगरस्थित कोसी अस्पताल पठाइएको नगरप्रमुख नाम्ग्यालजाङबु शेर्पाले बताए । उनी केही दिनदेखि सोलुखुम्बु सदरमुकामस्थित फाप्लु अस्पतालको आइसोलेसनमा उपचाररत थिए । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएकाले स्वाब परीक्षणका लागि पठाइएको थियो ।

प्रमुख जिल्ला अधिकारी रमा आचार्यले उनमा कोरोना पुष्टि भएको रिपोर्ट आएको जनाएकी छन् । ती युवक दुई वर्षदेखि गाउँमै बस्दै आएका छन् । संक्रमण पुष्टि भएपछि उनको परिवार, सम्पर्कमा रहेका व्यक्ति, उपचारमा संलग्न स्वास्थ्यकर्मी सबैको स्वाब संकलनको तयारी गरिएको छ ।

फाप्लु अस्पतालमा कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका तीन बिरामी रहेकोमा अन्य दुई जनाको रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ ।

प्रकाशित : जेष्ठ १५, २०७७ १३:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?