२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

बजेटबारे निर्णय गर्न बालुवाटारमा दुई बैठक

काठमाडौँ — प्रधानमन्त्री निवास बालुवाटारमा २०७७/७८ को बजेट पास गर्न लगातार दुई बैठक बस्ने भएका छन् ।

बजेटबारे निर्णय गर्न बालुवाटारमा दुई बैठक

बिहीबार दिउँसो १ बजे प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा राष्ट्रिय योजना आयोगको पूर्ण बैठक बस्दै छ । लगत्तै २ बजे मन्त्रीपरिषदको बैठक बसेर बजेटकोबारे निर्णय गर्ने तय भएको छ । यसपटक राष्ट्रपति विद्यादेवी भण्डारीलाई बजेटको ब्रिफिङबारे तय भइसकेको छैन । अघिल्ला वर्षहरुमा राष्ट्रपतिलाई बजेट पेस गर्ने एक दिनअघि अर्थमन्त्रीले ‘ब्रिफिङ’ गर्ने गरिएको थियो । राष्ट्रपतिको कार्यालय स्रोतका अनुसार बजेटको ब्रिफिङ भनेर अर्थमन्त्रीले अहिलेसम्म समय लिएका छैनन् । बजेटबारे राष्ट्रपतिलाई ‘ब्रिफिङ’ गर्नैपर्ने अनिवार्य व्यवस्था पनि छैन ।

अर्थमन्त्री युवराज खतिवडाले स्वास्थ्य पूर्वाधार, रोजगारी सृजना, कृषिमा यान्त्रीकरण, प्रविधिमा नयाँ कार्यक्रमका साथ बजेट आउने अपेक्षा गरिएको छ । जेठ १५ मै बजेट ल्याउने संवैधानिक व्यवस्था अनुसार आज दिउँसो ४ बजे खतिवडाले राष्ट्रिय सभा र प्रतिनिधि सभाको सयुक्त बैठकमा बजेट वक्तव्य पेश गर्दै छन् ।

प्रकाशित : जेष्ठ १५, २०७७ १२:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?