स्याङ्जामा थपिए तीन कोरोना संक्रमित

लालप्रसाद शर्मा

पोखरा — भारतबाट आएर क्वारेन्टाइनमा बसिरहेका स्याङ्जाको वालिङका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरू गत सोमबार गाउँ फर्किएर क्वारेन्टाइनमा बसेका थिए । 

स्याङ्जामा थपिए तीन कोरोना संक्रमित

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले नयाँ संक्रमितमा दुई पुरुष र एक महिला रहेको जानकारी दिए । उनीहरूलाई स्याङ्जा सदरमुकामस्थित जिल्ला अस्पतालमा ल्याउने तयारी भइरहेको छ । संक्रमित सबै एकै परिवारभित्रका हुन् ।

स्याङ्जामा मंगलबार पनि दुई जनामा संक्रमण पुष्टि भएको थियो । यससँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १५ पुगेको छ । बुधबार मात्रै बागलुङमा थप ६ जनामा कोरोना देखिएको थियो । यसअघि बागलुङकै दुई संक्रमित निको भएर घर फर्किसकेका छन् ।

प्रकाशित : जेष्ठ १५, २०७७ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?