कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

रुकुम घटनाका दोषीलाई कठघरामा उभ्याउनु पर्छः पौडेल

काठमाडौँ — कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले रुकुमको चैरजहारीमा शनिबार भएको घटनालाई मानवताविरोधी अपराधको संज्ञा दिएका छन् । परिवर्तित नयाँ राज्य व्यवस्थामा जातीय छुवाछुतको अन्त्य गर्ने भनिए पनि व्यवहारमा यस्ता घटना हुनु निन्दनीय रहेका बताए ।

रुकुम घटनाका दोषीलाई कठघरामा उभ्याउनु पर्छः पौडेल

‘कसको समर्थनमा, कसको ब्याकअपमा त्यस्तो घट्ना भयो ?’पौडेलले कान्तिपुरसँग भने,‘जसकोसुकै ब्याकअपममा घटना भए पनि अपराधीहरुलाई कठघरमा उभ्याउनु पर्छ ।’

शनिबार रुकुमको चौरहजारी नगरपालिका सोतीमा अन्तर्जातीय विवाह गर्न खोजेको निहुँमा गाउँलेको आक्रणममा परी चारजना युवाले ज्यान गुमाएका छन् भने दुईजना अझै बेपत्ता छन् ।

जाजरकोटको भेरी नगरपालिका राना गाउँका नवराज विकले सोतीकी मल्ल थरकी आफ्नी प्रेमिका भगाउन साथीहरु लिएर गएकोमा उनीहरुमाथि आक्रमण गरिएको थियो । आक्रमणमा नवराज पनि मारिएका छन् । यो घटनालाई राष्ट्रिय मानवअधिकार आयोगलगायतले जातीय विभेद र मानवताविरोधी अपराधका रुपमा चित्रण गरेका छन् ।

प्रकाशित : जेष्ठ १४, २०७७ २१:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?