कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गणतन्त्र दिवस दिपावलीमात्रै गरेर मनाइने

बिहीबार बिहान प्रधानमन्त्रीले फेरि देशबासीका नाममा सम्बोधन गर्ने

काठमाडौँ — सरकारले कोरोनाको प्रकोप र लकडाउनका कारण यस वर्षको गणतन्त्र दिवस भव्य समारोह र तामझाम नगरी मनाउने निर्णय गरेको छ । 

गणतन्त्र दिवस दिपावलीमात्रै गरेर मनाइने

सरकारले यस वर्ष तीनै तहका सम्पूर्ण सरकारी कार्यालय र विदेशस्थित नेपाली कूटनीतिक नियोगमा तीन दिन दीपावलीमात्रै गरेर गणतन्त्र दिवस मनाउने भएको छ ।

गणतन्त्र दिवसका दिन बिहीबार बिहान ९ बजे प्रधानमन्त्री केपी ओलीले सञ्चारमाध्यमबाट शुभकामनासहित देशबासीको नाममा सम्बोधन गर्ने कार्यक्रममात्र रहेको जानकारी गृह मन्त्रालयले दिएको छ । ओलीले सोमबार पनि राष्ट्रका नाममा संम्बोधन गरेका थिए ।

अघिल्ला वर्षमा सरकारले राष्ट्रपतिको उपस्थितिमा राजधानीको सैनिक मञ्चमा भव्य समारोह गरी गणतन्त्र दिवस मनाउने गर्थ्यो । प्रदेश राजधानी, जिल्ला सदरमुकाम र सबै स्थानीय तह र विदेशस्थित सबै नेपाली कूटनीतिक नियोगहरूमा समेत भव्य उत्सव र कार्यक्रम गरी तामझामका साथ गणतन्त्र दिवस मनाइन्थ्यो ।

गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले कोरोनाको प्रकोपका कारण सार्वजनिक समारोह र भीडभाड हुने कार्यक्रम नगर्ने नीतिअनुरूप सरकारले गणतन्त्र दिवस दीपावलीमात्रै गरेर मनाउने निर्णय गरेको जानकारी दिए ।

सरकारले यस वर्ष संघ, प्रदेश र स्थानीय तहका सम्पूर्ण सरकारी, गैरसरकारी कार्यालय र विदेशस्थित सबै नेपाली कूटनीतिक नियोगहरूलाई तीन दिन दीपावली गरी गणतन्त्र दिवस मनाउन सर्कुलर जारी गरेको छ ।

मन्त्रिपरिषदको निर्णयअनुसार गृह मन्त्रालयले सबै नेपाली नागरिकलाई बुधबार, बिहीबार र शुक्रबार तीन दिन दिपावली गरी गणतन्त्र दिवस मनाउन आह्वान गरेको छ ।

प्रकाशित : जेष्ठ १४, २०७७ १७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?