हालसम्म ७ नेपाली सेना कोरोना संक्रमित

काठमाडौँ — कोरोना भाइरसबाट हालसम्म ७ नेपाली सेना संक्रमित भएका छन् । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार नेपालभित्र ४ र अन्तर्राष्ट्रिय शान्ति स्थापनार्थ खटिएका ३ सैनिकमा कोरोना भाइरस संक्रमण देखिएको हो । 

हालसम्म ७ नेपाली सेना कोरोना संक्रमित

केही दिनअघि मध्यपूर्वी पृतनामा दुई जना र मंगलबार बारामा एक जना संक्रमित भएका थिए ।

प्रवक्ता पाण्डेले शान्ति स्थापनार्थ मालीमा बुधबार २ र दक्षिण सुडानमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सेनाले मध्यपूर्वी पृतनाका २ सय १९ सैनिकहरुको स्वाब संकलन गरी परीक्षण गरेको र नतिजा आउन बाँकी रहेको जनाएको छ । यस्तै ३ सय ४० जनाको आरडीटी परीक्षण गर्ने योजना रहेको प्रवक्ता पाण्डेले बताए ।

प्रकाशित : जेष्ठ १४, २०७७ १६:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?