रुकुम पश्चिम घटनामा २० जनाविरुद्ध जाहेरी, १२ पक्राउ

हरि गौतम

रुकुम पश्चिम — जिल्लाको चौरजहारी नगरपालिका–८ सोतीमा अन्तरजातीय सम्बन्धलाई लिएर भएको घटनामा पीडित परिवारले २० जनाविरुद्ध किटानी जाहेरी परेको छ । तीमध्ये १२ जना पक्राउ परिसकेका छन् ।

रुकुम पश्चिम घटनामा २० जनाविरुद्ध जाहेरी, १२ पक्राउ

प्रहरीले वडाध्यक्ष डम्मरबहादुर मल्ल, डिल्ली मल्ल, तुलबहादुर मल्ल, प्रेमबहादुर ठकुरी, वीरबहादुर मल्ल, प्रकाशी मल्ल, सन्तोष मल्ल, मोहन पुनमगर, रमेशबहादुर मल्ल, मानबहादुर मल्ल, टोपबहादुर मल्ल र १७ वर्षीया एक किशोरीलाई पक्रेको हो । उनीहरूलाई १० दिनको म्याद थप गरी अनुसन्धान कार्य अघि बढाइएको जिल्ला प्रहरीप्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले बताए । मंगलबार जिल्ला ल्याइएका उनीहरूलाई सोही दिन म्याद थप गरिएको उनले जानकारी दिए । अरू ८ जनाको खोजी भइरहेको केसीले बताए ।

जेठ १० गते शनिबार सोती पुगेका युवकहरूलाई गाउँलेले लखेटेपछि ३ जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता छन् । जाजरकोटको भेरी नगरपालिका–४ का नवराज विक, गणेश बुढामगर र चौरजहारी नगरपालिका–१, रुकुम पश्चिमका टीकाराम नेपालीको शव भेरी नदीमा भेटिएको थियो । त्यस्तै भेरी नगरपालिका–११ का लोकेन्द्र सुनार, गोविन्द शाही र ४ नम्वर वडाका सञ्जु विक बेपत्ता छन् ।

उनीहरूको खोजीका लागि बुधबार गोताखोर टोली परिचालन गरिएको छ । सशस्त्र प्रहरीका ३ गोताखोर र सहयोगीसहित ७ जनाको टोलीले भेरी नदीमा खोजी गरिरहेको हो । पीडित पक्षले जाजरकोट प्रहरीमा उजुरी दिएको थियो । त्यसैका आधारमा रुकुम पश्चिम प्रहरीले पक्राउ गर्ने र अनुसन्धानको काम अघि बढाएको हो ।

प्रकाशित : जेष्ठ १४, २०७७ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?