कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

रुकुम पश्‍चिमको घटना छानबिनका लागि गृहद्वारा समिति गठन

काठमाडौँ — रुकुम पश्चिममा तीन जनाको मृत्यु र तीन जना बेपत्ता हुने गरी भएको घटनाको छानबिन गर्नका लागि गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा समिति गठन गरेको छ । गृहमन्त्री रामबहादुर थापाले दलित युवाले मल्ल थरकी युवतीसँग विवाह गर्न खोज्दा भएको घटनाबारे छानबिन गर्नका लागि समिति गठन भएको संसदलाई जानकारी गराएका हुन् । 

रुकुम पश्‍चिमको घटना छानबिनका लागि गृहद्वारा समिति गठन

राष्ट्रिय सभाको मंगलबारको बैकठमा गृहमन्त्री थापाले उक्त घटनाबारे भने, 'गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा प्रहरी वरिष्ठ उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका अधिकृत प्रतिनिधि, महान्यायाधिवक्ताको कार्यालयका अधिकृत प्रतिनिधि र गृह मन्त्रालयका उपसचिव रहने गरी ५ सदस्यीय छानबिन समिति गठन गरिएको छ ।'

गृहमन्त्रीले जाजरकोटका १९ जनाको समूह केटी भगाउन रुकुम पश्चिम गएको र त्यसै क्रममा केटी पक्षकाले आक्रमण गरेको जानकारी गराए । जसमा केटी भगाउने केटा नवराज विकसहित ३ जनाको शव भेटिएको र ३ जना बेपत्ता रहेको बताए । त्यस्तै बाँकीलाई सामान्य सोधपुछपछि प्रहरीले छोडेको पनि उनले जानकारी गराए ।

गृहमन्त्रीले कानुनी राज्य स्थापना गर्नेमा सरकार दृढ रहेको बताए । घटनामा संलग्न १२ जनालाई नियन्त्रणमा लिइएको बताए । जसमा युवती, युवतीका आमाबुबा, वडाअध्यक्षसमेत रहेका छन् । जोसुकै भएपनि कानुनी कारबाही गरिने गृहमन्त्रीले बताए ।

सांसदहरूले जातीय भेदभावका घटना बढेको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए । प्रमुख प्रतिपक्षी कांग्रेसका राष्ट्रिय सभा संसदीय दलका नेता राधेश्याम अधिकारीले घटनाको उक्त घटनाबारे सत्यतथ्य र त्यसविरुद्ध चालिएका कदमबारे जानकारी गराउन माग गरेका थिए । उनले कानुनले छुवाछुतलाई दण्डनीय भनेको तथा अपराध संहिताले छुवाछुतलाई कठोर रूपले दण्डनीय बनाउने व्यवस्था गरेको भन्दै उनले अहिले पनि दलितमाथि गैरदलितबाट आक्रमण हुनु लज्जास्पद विषय भएको बताएका थिए ।

उनले भने, 'कानुनले छुवाछुतलाई कठोर रुपले दण्डनीय बनाउने व्यवस्था गरेको छ । छुवाछुतको आधारमा मानव मानवबीच विभेद कायम रहनु हाम्रो सामाजिक व्यवस्थाको लज्जाको विषय ठहरिनु पर्दछ । जाजरकोट नगरपालिकाका नवराज विक र रुकुम चौरजहारी नगरपालिका मलफर्कीकी युवतीबीचको प्रेम सम्बन्धलाई बिहेबारीमा परिणत गर्न गएका केही दलितमाथि भएको सांघातिक र सो हमलाबाट बच्न भेरी नदीमा हामफाली ज्यान गुमाउन बाध्य पारिएको नृशंस घटना प्रति म आफ्नो र आफ्नो पार्टीको तर्फबाट घोर भर्त्सना गर्न चाहन्छु ।'

सम्बन्धित समाचारः

प्रकाशित : जेष्ठ १३, २०७७ १२:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?