कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्याकेजमा संविधान संशोधनको पक्षमा जनता समाजवादी

काठमाडौँ — संसदका विपक्षी दलहरु राजपा र समाजवादीले संविधान संशोधनको मुद्दा प्याकेजकै रुपमा आउनुपर्ने बताएका छन् । सरकारले ल्याएको संविधान संशोधनको मुद्दालाई मात्रै समर्थन दिने या नदिने भन्ने बिषयमा उनीहरुले औपचारिक दृष्टिकोण बनाउन सकेका छैनन् ।

प्याकेजमा संविधान संशोधनको पक्षमा जनता समाजवादी

सविधान संशोधनको बिषयमा छलफल गर्न समाजवादी र राजपाको संसदीय दलको आईतबार अलग—अलग बैठक बसेको थियो । दुवै दलको बैठकपछि संयुक्त बैठक

बसेर औपचारिक दृष्टिकोण बनाउने तयारी छ । यी दुई पार्टीबीच एकता भइ जनता समाजवादी दर्ताको प्रक्रियामा छ ।

‘तत्कालीन कांग्रेस र माओवादी केन्द्रको संयुक्त सरकारले अघि बढाएको संशोधनकै बिषयलाई सँगै लैजाउँ भन्ने हाम्रो माग छ, अरु नयाँ बिषय छैन,’सरकारले तपाईहरुले भनेजस्तै प्याकेजमै संशोधनको प्रस्ताव नल्याए के गर्नुहुन्छ त भन्ने प्रश्नमा राजपा नेता महेन्द्र राय यादवले भने,‘समय छ । छलफल गर्छौं ।’उनले अतिक्रमित भूमि फिर्ताका लागि भारतसँग कुटनीतिक छलफलका लागि वार्ता पनि सँगै अघि बढाउनु पर्नेमा आफूहरुको जोड रहेको बताए ।

समाजवादीका महसाचिव रामसहायप्रसाद यादवले प्याकेजमै संविधान संशोधनको बिषयलाई समाजवादीले उठाएको बताए ।

प्रकाशित : जेष्ठ ११, २०७७ २०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?