३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

नागरिक उड्‍डयन प्राधिकरणको वेबसाइट भारतीय ह्‍याकरबाट मुक्त

काठमाडौँ — भारतीय ह्‍याकरहरुको कब्जामा रहेको नेपाल नागरिक उड्‌डयन प्राधिकरणको वेबसाइट आफ्‍नो नियन्त्रण रहेको प्राधिकरणले जनाएको छ ।

नागरिक उड्‍डयन प्राधिकरणको वेबसाइट भारतीय ह्‍याकरबाट मुक्त

प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले वेबसाइटलाई ह्‌याकरहरुको कब्जाबाट मुक्त गरेर साइटलाई डाउन गरिएको कान्तिपुरलाई बताए ।

उनले भने,'हाम्रो आईटी टिमले वेबसाइट रिभाइभ गरिसकेको छ । हाम्रो डाटाहरु पनि सबै सुरक्षित छन् । उनीहरुले फेरि ह्‍याक गर्न सक्‍ने सम्भावनालाई ख्‍याल गर्दै अहिलेलाई साइट डाउन गरेर राखिएको छ । हामी जुनसुकै बेला पनि वेबसाइट रिभाइभ गर्न सक्‍ने अवस्थामा छौं ।'

प्राधिकरणको caanepal.gov.np नामको वेबसाइट आइतबार भारतीय ह्‍याकरहरुले ह्‍याक गरेका थिए । gh057_5p3c706 नामका ह्‍याकरले ट्‍वीटर मार्फत प्राधिकरणको वेबसाइट ह्‍याक गरेर भारतीय झन्डा राखेका थिए ।

शनिबार नेपाली ह्‍याकहरुले केही भारतीय वेबसाइट र डाटा ह्‍याक गरेपछि ती भारतीय ह्‍याकरहरुले प्रतिक्रिया जनाउँदै प्राधिकरणको वेबसाइट ह्‍याक गरेको उल्लेख गरेका थिए । ती भारतीय ह्‍याकरले ट्वीटमा 'हामी शान्त छौं र प्रतिक्रिया नजनाउनु भन्‍नुको अर्थ केही याद छैन भन्‍ने हैन' लेखेका थिए ।

प्रकाशित : जेष्ठ ११, २०७७ १९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?