कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

पूर्वी नाकामा रोकिएकालाई प्रवेश गराइने

इलाम — पूर्वी सीमापारि दार्जिलिङ क्षेत्रबाट आएर बसिरहेका नेपालीहरुलाई नेपाल प्रवेश गराइने भएको छ । दार्जिलिङ, मिरिकलगायत आसपास क्षेत्रमा रहेका नेपालीलाई जाँचसहित नेपाल आउन दिइने भएको हो ।

पूर्वी नाकामा रोकिएकालाई प्रवेश गराइने

त्यसक्षेत्रबाट आएकाहरु पशुपतिनगर नाकापारि बसेका छन् । त्यसरी आएकामध्ये दुई सयजनालाई पहिलो चरणमा प्रवेश गराइने भएको हो ।

सूर्योदय नगरपालिकाका अनुसार दार्जिलिङ र आसपास क्षेत्रमा कामका लागि बसेका धेरै नेपाली छन् । उनीहरु घर आउन चाहेका छन् । लकडाउनका कारण उतै रोकिएको अवस्थामा उनीहरु घर फर्कने प्रयास गरिरहेका छन् ।

नेपाल प्रवेश गराएर ‘होल्डिङ एरिया’मा राखिने नगरपालिकाले जनाएको छ । त्यसरी आएकाहरुको सुरुमा आरडीटी र पछि पीसीआर परीक्षण गरिने छ । केही समय होल्डिङ एरियामा राखेपछि सम्बन्धित जिल्ला पठाइने भएको छ । सीमापारि रामेछाप, तेह्रथुम, दोलखालगायत जिल्लाका मानिसहरु कामका लागि जाने गरेका छन् ।

प्रकाशित : जेष्ठ ११, २०७७ १६:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?