कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

संविधान संशोधनमा सबै दलबीच सहमति जुटाउन संसदको आग्रह

जयसिंह महरा

काठमाडौँ — संविधान संशोधन विधेयकमा सबै राजनीतिक दलहरूबीच सहमतिको वातावरण बनाउन संघीय संसद प्रतिनिधिसभाको कार्यव्यवस्था समितिले सरकारलाई आग्रह गरेको छ ।

संविधान संशोधनमा सबै दलबीच सहमति जुटाउन संसदको आग्रह

आइतबार बसेको प्रतिनिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले निशान छाप संशोधन गर्नका लागि संसदमा दर्ता भएको नेपालको संविधान (दोस्रो संशोधन) संविधान संशोधन, २०७७ विधेयकमा सबै दलहरूबीच सहमति जुटाउन आग्रह गरेको हो ।

प्रमुख प्रतिपक्षी कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले भने, 'सरकारले संविधान संशोधन विधेयक ल्याएको छ । त्यसमा सबै दलहरूबीच पास गर्ने बेलासम्म सहमति जुटाउन सरकारलाई आग्रह गर्ने सहमति भयो ।' संविधान संशोधन विधेयक परिपक्‍व हुनका लागि ७ दिन लाग्‍ने कानुनी व्यवस्थाअनुसार सरकारले पहलकदमी लिएर यो बीचमा सबै राजनीतिक दलबीच सहमति जुटाउनुपर्ने विषयमा छलफल भएको खाँणले बताए ।

बैठकमा राजपाका नेता लक्ष्मणलाल कर्णले मधेसी दलहरूले विगतदेखि नै संविधान संशोधनको माग उठाउँदै आएकाले तिनलाई सम्बोधन गर्नुपर्ने माग राखेका थिए ।

सभामुख अग्नि सापकोटाले राष्ट्रियताको विषयमा एकमत भएर अगाडि बढ्नुपर्ने भएकाले सर्वदलीय बैठकका लागि आफूले पहल गर्ने बताएका थिए । 'अहिलेको राष्ट्रिय आवश्यकता सहमति हो । राष्ट्रिय आवाज लगेर जानुपर्छ । हामीबीच सुदृढ एकता भएर जानुपर्छ,' उनले बैठकमा भनेका थिए ।

बैठकले सांसदहरूले लगाउने लोगो रोष्ट्रममा भएको प्रतीक चिन्हलाई अद्यावधिक नक्साअनुसार परिमार्जन गर्ने निर्णय भएको छ ।

सरकारले भारतीय अतिक्रमणमा परेका कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नक्सा सार्वजनिक गरेको थियाे । साेहीअनुसार निसान छाप परिमार्जन गर्ने संविधान संशोधन विधेयक दर्ता गरिएको छ ।

प्रकाशित : जेष्ठ ११, २०७७ १४:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?